बीबीएलः सन्दीपले लिए दोस्रो विकेट, सिड्नीको आठौं विकट गुम्यो

काठमाडौं, माघ २८ । अष्ट्रेलियमा जारी बिग ब्यास लिग (बीबीएल) अन्तर्गत मेलबर्न स्टार्सबाट खेलिरहेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले सिड्नी विरुद्धको खेलमा शानदार प्रदर्शन गरेका छन् ।

उनले आफ्नो तेस्रो ओभरमा पनि विकेट लिन सफल भएका छन् । सन्दीपले आफ्नो तेस्रो ओभरको ४ बलमा बेन वार्सहुसिजलाई आउट गरे । यसअघि, सन्दीपले आफ्नो पहिलो ओभरको पाँचौ बलमा नै विकेट लिन सफल भएका थिए ।

योसँगै सिड्नीको आठौं विकेट पतन भइसकेको छ । यो समाचार तयार पार्दासम्म सिड्नीले १२ ओभको खेल सकिदा ८ विकेट गुमाउँदै ६५ रन बनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!