बीबीएलः फाइनल प्रवेशका लागि सन्दीपको टोली कोसँग भिड्ने ?

काठमाडौं, माघ २७ । अष्ट्रेलियामा जारी बिग ब्यास लिग (बीबीएल) अन्तर्गत नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध मेलबर्न स्टार्स सेमिफाइनल प्रवेश गरेको छ ।

आज सिड्नी सिक्सर्सलाई ९४ रनले पराजित गर्दै मेबलर्न सेमिफाइनल प्रवेश गरेको हो । अब फाइनल प्रवेशका लागि सन्दीपको टोलीले होबर्ट हरिकेन्ससँग भिड्ने छ । खेल १४ फेब्रुअरी हुनेछ ।

हरिकेन्स अंक तालिकाको पहिलो स्थानमा छ । र, उसलाई हराउँदै फाइनल पुग्न सन्दीपको टोलीलाई निकै चुनौति छ । हरिकेन्समा टिम पेइनी, जोफ्रा आर्चर, डार्सी सर्ट, म्याथ्यु वाइड (कप्तान), जेपी फलकनर, जोसन बोथ, जर्ज बेली, एलेक्स डोलान, ज्याक डोरन, बेन म्याकडेमोर्टलगायत नाम चलेका खेलाडी छन् ।

यस्तै, मेलबर्नमा ग्लेन म्याक्सवेल (कप्तान), सन्दीप लामिछाने, पिटर ह्यान्सकम्ब, मार्कस स्टोनिस, एडम जम्पा, डिजे ब्राबो, बेन डुक,सेव गोज जस्ता स्टार खेलाडी छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!