टी–२० सिरिजः धोनी २ रनमा आउट, भारतले गुमायो छैटौं विकेट

काठमाडौं, माघ २७ । टी–२० सिरिज अन्तर्गतको अन्तिम तथा निर्णायक खेलमा न्यूजिल्याण्डले दिएको २१३ रनको लक्ष्य पछ्याउने क्रममा भारतले छैटौं विकेट गुमाएको छ ।

छैटौं विकेटका रुपमा भारतले मेहन्द्रसिंह धोनी (२) लाई गुमाएको हो । उनलाई डारियल मिचेलले आउट गरे । यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २१२ रन बनायो ।

उसका लागि कोलिन मनुरोले सर्बाधिक ७२ रन प्रहार गरे । बलिङमा भारतका लागि भवनेश्वर कुमार, खलिल अहमदले एक–एक र कुलदीप यादवले दुई विकेट लिए । आजको खेल जसले जित्छ उसले नै यो सिरिज आफ्नो नाममा बनाउने छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!