भारत विरुद्धको टी–२० सिरिज न्यूजिल्याण्डले जित्यो

काठमाडौं, माघ २७ । भारत विरुद्धको टि–२० सिरिज न्यूजिल्याण्डले जितेको छ । आजको भएको निर्णायक खेलमा भारतलाई ४ रनले हराउँदै न्यूजिल्याण्डले २–१ ले सिरिज जितेको हो ।

आज भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २१२ रन बनायो । उसका लागि कोलीन मुर्नोले ७२ रन बनाउँदा टीम सेइफर्टले ४३ तथा ग्राण्डहोमीले ३० रन बनाए।

यस्तै, कप्तान केन विलियम्सनले २७ र रोस टेलले १४ रनको योगदान गरे। बलिङमा भारतका कुलदिप यादवले दुई विकेट लिएका थिए।बलिङमा भारतका लागि भुवनेश्वर कुमार, खलिल अहमदले एक–एक र कुलदीप यादवले दुई विकेट लिए ।

२१३ रनको लक्ष्य पूरा गर्न मैदान उत्रेको भारतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २०८ रन बनायो । भारतका लागि कप्तान रोहित शर्माले ३८, विजय शंकरले ४३ तथा रिशव पन्तले २८ रन बनाए।

यस्तै हार्दिक पाण्ड्याले २१ रनको योगदान दिए। दिनेश कार्तिकले अविजित ३३ तथा क्रुनाल पाण्डेले अभिजित २६ रन बनाए पनि टिमलाई हारबाट बचाउन सकेनन्। न्यूजिलाण्डका लागि ड्रायाल मिचेल र मिचेल सान्तेनेरले २-२, बालिर टिकनेर र स्कट कुजलेजिनले एक–एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!