शान्तिपूर्ण धर्ना दिइरहेका चिकित्सकमाथि लाठीचार्ज, २० भन्दा बढी पक्राऊ

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार शान्तिपूर्ण धर्ना दिइरहेका चिकित्सकमाथि प्रहरीले लाठीचार्ज गरेको छ ।

कर्मचारी समायोजनको विषयमा असहमति जनाउँदै घर्ना मन्त्रालयमा धर्नामा बसेका २० भन्दा बढी चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सरकारी चिकित्सक संघ (गोदान)का अध्यक्ष डा. दीपेन्द्र पाण्डेले आफूसहित २५ जना चिकित्सकलाई प्रहरीले मन्त्रालयबाटै प्रक्राउ गरेको जानकारी दिए । पक्राउ परेका चिकित्सकलाई नेपाल पुलिस क्लबमा राखिएको छ ।

उनिहरूले स्वास्थ्य मन्त्रालयले यस अघि कर्मचारी समायोजन लगायतका विषयमा गोडानसँग गरेको सझौता लागु हुनुपर्ने जनाउँदै शान्तिपूर्ण धर्ना दिइरहेका थिए ।

कमेन्ट गर्नुहोस्