राेहित शर्मा नयाँ रेकर्ड नजिक, भोलि हुँदैछ छिनोफानो

काठमाडौं, फागुन १४ । भारतीय क्रिकेट टोलीका ओपनर रोहित शर्मा नयाँ उपलब्धि नजिक पुगेका छन् । उनले बुधबार अष्ट्रेलियाविरुद्ध हुने टी—२० सिरिजको दोस्रो खेलमा नयाँ उपलब्धि हासिल गर्ने छन् । रोहित बुधबार टी–२० मा ३०० सय खेल खेल्ने तेस्रो क्रिकेटर बन्दैछन् । यसअघि, महेन्द्रसिंह धोनी, सुरेश रैनाले टी—२० मा ३०० म्याच खेलिसकेका छन् ।

विश्व क्रिकेटमा टी—२० मा ३ सय बढी म्याच खेल्ने १४ खेलाडी मात्र छन् । वेस्ट इन्डिजका अलराउण्डर किरण पोलार्ड ४५१ म्याचका साथ टी—२० मा सर्बाधिक खेले खेल्ने सूचीको शीर्ष स्थानमा छन् । यस्तै, बुधबार रोहितलाई अर्को उपलब्धि हासिल गर्ने मौका पनि छ । उनी अष्ट्रेलिया विरुद्धको दोस्रो खेलमा टी—२० मा सर्बाधिक छक्का प्रहार गर्ने खेलाडी बन्न सक्ने सम्भावना छ ।

रोहितले हालसम्म टी—२० मा १०२ छक्का प्रहार गरेका छन् । न्यूजिल्याण्डका मार्टिन गुप्टिल र क्रिस गेल समान १०३ छक्काका साथ अगाडि उनीभन्दा अगाडि छन् । यदि रोहितले बुधबार २ छक्का प्रहार गर्न सकेमा गुप्टिल र गेलको रेकर्ड तोड्ने  छन् । तर, अष्ट्रेलियासँगको पहिलो खेल (५ रन) मा रोहितको ब्याट नचलेकाले यो उपलब्धि हासिल गर्न कठिन पनि छ ।  अब हेरौं भोलि (बुधबार) उनले यी उपलब्धि हासिल गर्न सक्छन् या सक्दैनन् ?

कमेन्ट गर्नुहोस्