प्रधानमन्त्री भन्छन्, ‘अब भ्रष्टाचार लुक्न र लुकाउन सम्भव छैन’

काठमाडौं, माघ २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार भ्रष्टाचार नियन्त्रण गर्ने संकल्पका साथ अगाडि बढेको दाबी दोहोर्याएका छन् ।

त्यसैले अब भ्रष्टाचार भ्रष्टका लागि पनि शत्रु नै हो’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८ औँ स्थापना दिवसमा सोमबार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘अब कसैले पनि भ्रष्टाचार लुकाउन सम्भव छैन । हामी भ्रष्टाचार नियन्त्रण गर्ने संकल्पका साथ अगाडि बढेका छौँ, अब भ्रष्टाचार लुक्न र लुकाउन सम्भव छैन ।’

प्रधानमन्त्रीले कारबाही गरेर दण्ड विधिबाट भन्दा नियन्त्रणको विधिबाट भ्रष्टाचार अन्त्य गर्नुपर्ने बताए । ‘ऋषिमुनि, सन्त र महात्माहरूको देश र त्यस्ताका सन्तति हामीले नगरे कसरी हुन्छ भ्रष्टाचार ?’ उनले भने ‘हरेकले भ्रष्टाचार नगर्ने प्रतिज्ञा गर्ने हो भने भ्रष्टाचार नै हुँदैन ।’ उनले भ्रष्टाचार ढाकछोप गर्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने बताए । प्रधानमन्त्रीले सरकारका सबै निकायलाई भ्रष्टाचारबाट मुक्त राख्न आफूले अख्तियारलाई सहयोग गर्ने बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!