क्रिकेट: डिपिएलमा अाज दुई खेल हुँदै

डीपीएलको तेस्रो संस्करणको दोस्रो दिन मंगलबार दुई खेल हुँदैछ । पहिलो खेलमा सिवाइसी अत्तरिया र धनगढी स्टार्सबीच हुने छ भने दोस्रो खेल रुपन्देही च्यालेन्जर्स र बिरानगर किङ्सबीच हुने छ । 

यसअघि सोमबार भएको पहिलो खेलमा काठमाडौं गोल्डेन्सले पहिलो जीत निकालेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सोमबार भएको उद्घाटन खेलमा ज्ञानेन्द्र मल्ल नेतृत्वको काठमाडौंले सोमपाल कामीको कप्तानीमा रहेको धनगढीलाई ४ विकेटले पराजित गरेको हो ।

टस हारेर ब्याटिङ गरेको धनगढीले दिएको १ सय ३३ रनको लक्ष्य काठमाडौंले १९ दशमलब ५ ओभरमा पुरा ग¥यो । त्यसअघि, टस हारेर ब्याटिङमा आएको धनगढीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १३२ रन बनाएको थियो ।

यस्तै, सोमबारै भएको अर्को खेलमा रुपन्देही च्यालेञ्जर्सल महेन्द्रनगरलाई २ रनले पराजित गरेकोे छ । फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देही २० ओभरमा एक सय ११ रनमा अलआउट भयो । खराव सुरुवात गरेको रुपन्देहीले ५ रनमा पहिलो विकेट गुमाउँदा ५५ रनमा ५ विकेट खेर फालेको थियो ।

जवाफमा महेन्द्रनगर २० ओभरमा आठ विकेट गुमाउँदा एक सय नौ रनमा रोकिन पुग्यो र रुपन्देही विजयी भयो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!