मंगलबार पनि बजारमा सुनको मूल्य घट्यो

काठमाडौं, माघ २९ । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ ।

सोमबार बजारमा सुन तोलामा ६२ हजार रुपैयाँमा कारोबारमा भएको थियो भने आज फेरि घटेर सुन तोलामा ६१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, सोमबार तेजावी सुन तोलामा ६१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि घटेर ६१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ ।

सोमबार चाँदी तोलामा ७७५ रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर चाँदी तोलामा ७७० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!