दुर्घटनामा ज्यान गुमाउने सातै जनाको शव श्रद्धांजलिका लागि टुँँडीखेल ल्याइँँदै

काठमाडौं, फागुन १६ । हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको शव श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिने भएको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम गरिएलगत्तै ७ जनाको शव टुँडिखेलमा ल्याउने तयारी भैरहेको छ ।

टुँडिखेलमा अहिले विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ताहरु आउने क्रम जारी छ । बुधबार पाथीभरा मन्दिरबाट फर्किने क्रममा ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी मन्त्री अधिकारीसहित ७ जनाको ज्यान गएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!