यी हुन् अमेरिकाका २५ अनौठो संस्कार

पूर्वीय संस्कार, संस्कृति र समाजमा हुर्के–बढेका हामी नेपालीलाई कतिपय पश्चिमी संस्कार, परम्परा र सोच बिपरित जस्तो लाग्दो रहेछ । खासगरी अमेरिकाको एक दशक लामो बसाइको क्रममा देखेका, भोगेका र जानेका केही सामान्य भन्दा सामान्य प्रचलन, मान्यता एवं परम्परा हाम्रो भन्दा बिपरित लाग्दा हुन्छन ।

कुन राम्रा कुन नराम्रा ? भन्ने कुरा होइन त्यो त जसले प्रयोग गर्दै आएको छ उसलाई आफ्नो चलन मान्यता राम्रो लागेकै हुन्छ । यहाँ खासगरी अमेरिकन भनी पश्चिमी मान्यतालाई प्रतिनिधित्व गर्दै देखाउँदै छु भने नेपाली भनी पुर्वीय संस्कार अर्थात दक्षिण एशियाली देशहरुको समेत प्रतिनिधित्व गरी नेपालीलाई देखाउँँदै छु ।

यो केवल सामान्य जानाकारी र मनोरञ्जनका लागि यस्ता अनौठो केही कुराहरु संकलन गरेको हो ।

१. अमेरिकनहरु भोलि भोकै हुन किन नपरोस् आज टन्न खान्छन । हामी नेपालीको संस्कार भोलि भोकै हुनुपर्ला भन्ने चिन्ताले वा धार्मिक मान्यता बनाई आज भोकै बस्छौ ।

२. अमेरिकन खुल्ला ठाउमा खाना खान्छन अनि गोप्य ठाउमा दिशा गर्छन । नेपाली गोप्य भान्साकोठामा खाना खान्छौ अनि खुल्ला चौर, वनपाखामा दिशा गर्छौ ।

३. अमेरिकन पहिले घर किनेर त्यसैमा बसी क्रेडिटमा किनेको घरको पैसा जिन्दगीभर तिर्दै जान्छन । नेपाली जिन्दगीभर भाडामा बसी बचाएको कमाएको पैसाले बुढेसकालमा घर किनेर, बनाएर छोराछोरीलाई छोडी मर्छौ ।

४. अमेरिकन दुध चिसो पिउँछन पानी आइस राखेर पिउँछन । हामी दुध तताएर पानी उमालेर पिउँछौ ।

५. अमेरिकनहरु अलि बढी पैसा बचत भए दिमाग फ्रेस बनाउन मनोरञ्जनमा खर्च गर्छन । हामी नेपाली केही बढी पैसा बचत भए अर्को धेरै पैसा चाहिने व्यवहार आटेर बोझ (टेन्सन) बढाउँछौ ।

६. अमेरिकन महिला बच्चा अगाडी भागमा छातीमा टासेर बोक्छन हामी पछाडी पिठ्यूमा बोक्छौ ।

७. अमेरिकन हातले फ्याँकेर खेल्नेलाई फुटबल भन्छन हामी खुट्टाले फ्याकेर खेल्नेलाई फुटबल भन्छौं ।

८. अमेरिकन गरिवहरु मोटा हुन्छन खासगरी जंकफुड र सस्ता खाना खाएर । अनि धनीहरु स्वस्थ्य खाना र ब्यायमले स्लीम (पातला) हुन्छन । हामी कहाँ गरिवहरु खान नपाएर बढी परिश्रमले पातला हुन्छन धनी धेरै खाएर मोटा हुन्छन ।

९. अमेरिकन आफ्नो प्रेमिकालाई प्रेम गरेर विवाह गर्छन । हामी विवाह गरेर अझ बच्चा भएपछि श्रीमतीलाई प्रेम गर्छौ ।

१०. अमेरिकन प्रचलन घर, ब्यावसायिक स्टोर, रेष्टुेन्ट, कार्यलय बेलुका सफा गर्छन हामीकहाँ बिहान सफा गर्ने प्रचलन छ ।

११. अमेरिकन मिति लेख्दा पहिले महिना अनि गते र साल लेख्छन । हामी पहिले साल महिना र गते लेख्छौ । अक्टुबर ३० २०१७ , २०७४ कार्तिक ७

१२. अमेरिकन जन्मदाँ नै नामी हुन्छन, हामी बेनामी । कसरी भने अमेरिकन पेटमा बच्चा भएपछि बच्चाको नाम दिन्छन र जन्मदा सोही नामको बर्थ सर्टिफिकट बन्छ । हामीकहाँ जन्मेको ११ दिनमा पंडित वा बाबुआमाले नाम दिएपछि नामी हुन्छौं ।

१३. अमेरिकन पुलिस पसलमा समान किन्दा, रेष्टुरेन्ट जादा, ट्याक्सी चढदा टिप्स पनि दिन्छन । हामी कहाँका पुलिस यि ठाउबाट हप्ता नै लिन्छन ।

१४ं अमेरिकन धनीले कर तिर्छन् कम आए हुने गरिबले ट्यास फिर्ताबाट पैसा पाउँछन । नेपालमा धनीले धन र शक्तिले कर तिर्दैनन र थोरै तिर्छन् गरिब साना ब्यावसायी बढी कर तिरीरहेका हुन्छन ।

१५. अमेरिकन चलन पैसाको नोट ठुलो माथि पारी आसनमा सानो नोट राख्छन । हाम्रोमा आसनमा ठुलो नोट माथी सानो हुदै जान्छ ।

१६. अमेरिकन प्याकेटको खाना अर्थात अर्कैले तयार गरेको खाना खान मन पराउछन । हामी आफैले बनाएको अझ आफुले चिनेजानेकाले बनाएको मात्र खाना खान मन पराउँछौ ।

१७. अमेरिकामा कमाइको हिसावमा खानेकुराको तुलनामा बसाइ बस्ने ठाउ होटल, एपाटमेन्ट, घर, कोठा महँगो हुन्छ । नेपालमा बस्ने सस्तो होला खानेकुरा धेरै महँगो हुन्छ ।

१८. अमेरिकामा प्रायः पुरुष महिलादेखि डराउँछन अनि घरव्यवहार उनैले सम्हाल्छन । नेपालमा महिला पुरुषदेखि डराउँछन र घरब्यावहार पुरुष नै सम्हाल्छन ।

१९।. महिला विवाहको दिन नयाँ ठाउँ नयाँ मान्छे नयाँ परिवेशको अनुभव गर्न जादैछु भनी खुसी हुन्छन । हामीकहाँ बेहुली बिबाहको दिन माइती, बाबुआमा छाडेर पराइसँग जादैछु ठान्दै रुन्छन ।

२०. अमेरिकन धेरै धनी भए सुख शान्ति खोज्न गाउँ वा एकान्ततिर पस्छन । हामी कहाँ धेरै धनी भए सुख शान्ति खोज्न शहर भिडभाडतिर जान्छन ।

२१. अमेरिकन जोडी जो विवाह गरेर धेरै वर्षसँगै बसेका हुन्छन उनीहरुलाई देखेर अरु मान्छे अचम्मित हुन्छन । नेपालमा बिबाह गरेर छिट्टै अलग्गिएका जोडी प्रति अचम्मित हुन्छन ।

२२. अमेरिकन महिला घुुडा साप्रा देखाएर छोटो लुगा लगाउछन तर पुरुषले घुडा देखाएको त्यती राम्रो मानिदैन । नेपालमा पुरुष घुडा देखाएर छोटो कट्टु लगाउछन महिलाले घुडा देखाएको राम्रो मानिदैन ।

२२. अमेरिकन नचिनेको मान्छे होस वा रिस उठेका मान्छे नै किन नहोस् फिसिक्क हाँसेर बोल्छन । हामीकहाँ नचिनेको वा रिस उठेकोसँग हास्ने बोल्ने त कुरा परै जावोस्, उ हिडेको बाटो समेत हिड्दैनन ।

२३. अमेरिकन टिनएजर काटेपछि पनि कुनै केटा साथी वा केटी साथी छैन भने अभिभावक उस्को कुनै शाररिक कमजोरी त छैन भनी सजग हुन थाल्छन । नेपालमा टिनेजर काटेपछि कुनै केटा साथी वा केटी साथी त छैन भनि अभिभावक नै शंकाले सजग भैरहन्छन ।

२४।अमेरिकाको शहरी क्षेत्रमा पहिलो प्राथमिकता पैदल यात्रुलाई दिई कम गतीका सवारी हुदै तिब्रगतीका सवारी पछाडी जान्छन । नेपालमा पहिले तीव्रगतिको गाडीले पास गरेपछि कम गतिको सवारी हुँँदै पैदल यात्रीको पालो अन्तिममा आउँछ ।

२५. अमेरिकन सुन्दर युवतीलाई नचिनेको मान्छेले पनि ओवा कति सेक्सी (सुन्दर) होस् भनेमा थ्याड क्यू भनि मुस्कुराउछन । हामीकहाँ अन्जान सुन्दरीलाई कति सुन्दर होउ भनेमा मात्र पनि चप्पल उठाएर बजाइदिन्छन । एजेन्सी

कमेन्ट गर्नुहोस्

error: Content is protected !!