डीपीएलः विराटनगरले दियो रुपन्देहीलाई ९४ रनको लक्ष्य

काठमाडौं, माघ २९ । धनगढीको फाफ्ला क्रिकेट मैदानमा जारी धनगढी प्रिमियर लिग (डीपीएल) अन्तर्गत दोस्रो दिनको दोस्रो खेलमा विराटनगर किंग्सले रुपन्देही च्यालेन्जर्सलाई ९४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९३ रन बनायो । उसका लागि असददुल्ला खानले सर्बाधिक १६ रन प्रहार गरे । बलिङमा रुपन्देहीका पुनित महराले ३, ललितसिंह भण्डारी र बसन्त रेग्मीले दुईदुई, बिक्रम सोब, कृष्ण कार्की, र बसन्त रेग्मीले एकएक विकेट लिन सफल भए ।

सर्वाधिक पुरस्कार राशिको डीपीएल विजेताले ३० लाख, उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख तथा चौथो हुने टोलीले २ लाख पाउने छन् । यस्तै, ‘मोष्ट भेल्युवल प्लेयरले गोल्डस्टार’ प्राप्त गर्नेछ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!