साढे २ करोड बुझाएर छुटे निगमका पूर्वकार्यकारी निर्देशक खड्का

काठमाडौं, माघ २९ । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का साढे २ करोड रुपैयाँ धरौटी बुझाएर तारेखमा छुटेका छन् । गैरकानुनी सम्पत्ति आर्जनको आरोप खेपेका खड्कासँग विशेष अदालतले साढे २ करोड रुपैयाँ धरौटी मागेको हो ।

मङ्गलबार विशेष अदालतमा हाजिर भएका खड्कासँग अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरू प्रमोदकुमार श्रेष्ठ र नारायणप्रसाद पोखरेलको इजलासले साढे २ करोड रुपैयाँ माग गरेको थियो। अख्तियारले खड्कामाथि १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको अभियोग लगाएको थियो।

अख्तियारको आरोपपत्र अनुसार खड्काले ८ करोड ६४ लाख ६९ हजार ७५१ रुपैयाँमात्रै वैध रूपमा आर्जन गरेकोमा उनीमाथि अनुसन्धान हुँदा २७ करोड ३० लाख ७५ हजार ३८० रुपैयाँ सम्पत्ति जोडेको भेटिएको थियो।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!