प्रधानमन्त्री रोजगार कार्यक्रम सबै बेरोजगारलाई होइनः श्रममन्त्री बिष्ट

काठमाडौं, फागुन १ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले निश्चित मापदण्ड पुगेका बेरोजगारमात्र प्रधानमन्त्री रोजगार कार्यक्रममा समावेश हुने बताएका छन् ।

निरपेक्ष गरिबीको रेखामुिन रहेका, वैदेशिक रोजगारीमा नगएका तथा सरकारले तोकेको सीमाभित्र रहेका परिवारका एक सदस्यले मात्र कार्यक्रममा सहभागी हुन पाउने बताए । बुधबार बिहान कुराकानी गर्दै मन्त्री विष्टले सबै बेरोजगारलाई यो कार्यक्रमले नसमेट्ने उल्लेख गरे ।

गरिब तथा विपन्न परिवारको आर्थिक अवस्था सुधारका लागि सरकारले यो कार्यक्रम सुरु गर्न लागेको भन्दै मन्त्री बिष्टले आगामी चैत्रभित्रमा देशभरका बेरोजगारको तथ्यांक सरकारले संकलन गर्ने बताए । एकपटक बेरोजगारको सूचीमा समावेश भएका व्यक्तिले बीचैमा काम छाडे उसलाई सूचीबाटै हटाईने उल्लेख गर्दै मन्त्री बिष्टले यो कार्यक्रमलाई सरकारले कडाईका साथ कार्यान्वयनमा लैजाने उल्लेख गरे । बिपक्षी दलहरु भने जस्तो कार्यकर्ता मात्र पोस्ने कार्यक्रम नभएको जिकिर गर्दै उनले त्यसको ब्यबहारिक पाटोको विश्लेषण पछिमात्र त्यसको जवाफ स्वतःआउने दाबी गरे । वि.सं. २०७९–८० सम्म बाध्यकारी वैदेशिक रोजगारको अन्त्यका लागि सरकारले प्रारम्भिक काम मात्र सुरु गरेको र आगामी वर्षहरुमा रोजगार वृद्धिका लागि थप कार्यक्रम सञ्चालन गर्ने बताए । कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!