लागूऔषधका कुख्यात कारोबारी एल च्यापो १० मुद्दामा दोषी ठहर

फागुन १ । लागूऔषधका कुख्यात कारोबारी मेक्सिकोका एल च्यापोलाई अमेरिकाको एक अदालतले विभिन्न १० मुद्दामा दोषी ठहर गरेको छ ।

लागूऔषध कारोबारी एल च्यापो कोकेन, हेरोईनको ओसारपसार, गैरकानूनी हतियारको स्वामित्व र मुद्रा अपचलनको मुद्दामा दोषी ठहर भएका हुन् ।

सन् २०१६ मा मेक्सिकोबाट पक्राउ परेका एल च्यापोलाई सन् २०१७ मा अमेरिका सुपुर्दगी गरिएको थियो । एजेन्सी

कमेन्ट गर्नुहोस्

error: Content is protected !!