डीपीएलः तेस्रो खेलमा पनि धनगढी पराजित, करण केसीको विराटनगर विजयी

काठमाडौं, फागुन १ । धनगढी प्रिमियर लिग (डीपीएल) मा दुई पटकको विजेता धनगढी स्टार्स तेस्रो खेलमा पनि पराजित भएको छ । विराटनगर किंग्सले दिएको १०४ रनको लक्ष्य पछ्याएको धनगढीले १९ ओभरमा सबै विकेट गुमाउँदै ८२ रन मात्र बनाउन सक्यो । उसका लागि सन्दीप राजालीले ३४ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन फिक्का रह्यो । धनगढी स्टार्सले २१ रनले हार व्यहोरेको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १०३ रन बनाएको थियो । उसका लागि अविनाश यादवले सर्बाधिक २७ प्रहार गरे । बलिङमा धनगढीको सोमपाल कामी र विपिन खत्रीले तीन-तीन, विपीन खत्रीले २ र सुनिल धमलाले एक विकेट लिए ।

जवाफमा १०४ रनको सामान्य लक्ष पाएको धनगढीले १९ ओभरमा आफ्ना सबै विकेट गुमाएर ८२ रन मात्र जोड्न सक्यो । धनगढीले यसअघिका २ खेलमा लगातार हार बेहोरेको छ भने विराटनगर पनि पहिलो खेलमा पराजित भएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!