हिरो महिला गोल्डकपः इरानविरुद्ध नेपाल २–० ले अगाडि

काठमाडौं, फागुन १ । भारतमा भइरहेको हिरो महिला गोल्डकप फुटबलको लिग चरणको अन्तिम खेलमा इरानविरुद्ध नेपालले दुई–शून्य गोलले अगाडि छ ।

खेलको ४१औँ मिनेटमा नेपालका लागि अनिता बस्नेतले नेपालका लागि गोल गरेकी हुन् । त्यसपछि दोस्रो हाफमा खेलको ५९औँ मिनेटमा सावित्रा भण्डारीले नेपालका लागि दोस्रो गोल गरेकी छिन् ।

आजको खेलमा नियमित कप्तान निरु थापा चोटका कारण खेल्न नसक्ने भएपछि उनको स्थान सरु लिम्बूले लिएकी छिन् । भारत विरूद्ध २ गोल गरेकी सावित्रा भण्डारीले आज पनि नेपालको स्ट्राइकिङ जिम्मेवारी पाएकी छिन् ।

आजको खेलमा जित हात पारे नेपाल फाइनलमा पुग्नेछ । आजको खेल ड्र भएमा भने नेपालले म्यानमार र भारतबीचको नतिजा कुर्नुपर्नेछ । फिफा वरीयतामा ६०औँ स्थानमा रहेको इरानलाई १०६औँ स्थानमा भएको नेपालले कडा टक्कर दिइरहेको छ ।

यस्तो छ नेपाली टोली

गोलकिपरः एन्जिला तुम्बोप्पो सु्ब्वा
डिफेन्डरः गिता राना, मनमाया लिम्बु, हिरा कुमारी भुजेल, पुनम जर्घा मगर,
मिडफिल्डरः रेनुका नगरकोटी (कप्तान, मन्जली कुमारी योन्जन, दिपा राई, अनिता बस्नेत, सरु लिम्बुू
स्ट्राइकरः सावित्रा भण्डारी,

कमेन्ट गर्नुहोस्

error: Content is protected !!