हिरो महिला गोल्डकपः नेपालको शानदार जित, इरान ३–० ले पराजित

काठमाडौं, फागुन १ । भारतमा भइरहेको हिरो महिला गोल्डकप फुटबलको लिग चरणको अन्तिम खेलमा नेपालले इरानलाई ३–० ले हराएको छ ।

खेलको ४१औँ मिनेटमा नेपालका लागि अनिता बस्नेतले नेपालका लागि पहिलो गोल गरेकी हुन् । त्यसपछि दोस्रो हाफमा खेलको ५९औँ मिनेटमा सावित्रा भण्डारीले नेपालका लागि दोस्रो गोल गरेकी छिन् । भारतविरुद्ध पनि दुई गोल गरेकी सावित्राले इरानसँग पनि खेलको ८९औँ मिनेटमा नेपालका लागि तेस्रो गोल गरिन् ।

आजको खेलमा नियमित कप्तान निरु थापा चोटका कारण खेल्न नसक्ने भएपछि उनको स्थान सरु लिम्बूले लिएकी थिइन् । आजको खेलमा फिफा वरीयतामा ६०औँ स्थानमा रहेको इरानलाई १०६औँ स्थानमा भएको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै हरायो ।

फाइनल पुग्नका लागि नेपालले म्यानमार र भारतबीचको खेलको नतिजा कुर्नुपर्नेछ । नेपाल र म्यानमारको समान ६-६ अंक रहेको छ भने भारतको ३ अंक रहेको छ । यदि म्यानमारले भारतलाई हरायो वा खेल बराबरी भयो भने नेपाल फाइनलमा पुग्नेछ । यदि म्यानमारलाई भारतले ठूलो मार्जिनले जित्यो भने नेपालको फाइनल पुग्ने यात्रामा बाधक बन्न सक्नेछ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!