भीमदत्त नगरपालिकामा उपराष्ट्रपति पुनलाई अभिनन्दन

कञ्चनपुर, फागुन १ । कञ्चनपुरको भीमदत्तनगरपालिकामा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ लाई अभिनन्दन गरिएको छ । बेदकोट धार्मिक महोत्सव उद्घाटनका लागि कञ्चनपुर आएका उप राष्ट्रपति पुनलाई भीमदत्त नगरपालिकामा अभिन्दन गरिएको छ । भीमदत्त नगरपालिकाले वडा नं. १३ झोलुङ्गे पुलमा स्वागत तथा अभिनन्दन कार्यक्तम गरी सबै नगरवासीका तर्फबाट उप राष्ट्रपति पुनलाई अभिनन्दन गरेको छ ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले उप राष्ट्रपति पुनलाई अभिनन्दन पत्र प्रदान गरे । ‘सम्मानिय उप राष्ट्रपतिज्यू कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिकामा पाल्नु भएकोमा सबै नगरवासीका तर्फबाट स्वागत सहित अभिनन्दन गरिएको छ’ नगर प्रमुख विष्टले भने ।

अभिनन्दन कार्यक्रममा उप राष्ट्रपतिकी धर्मपत्नि, कञ्चनपुर क्षेत्र नं. ३ का साँसद डा.दिपक प्रकाश भट्ट, सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुन बहादुर थापा, नेकपा सुदूरपश्चिम प्रदेशका सचेतक तारालामा तामाङ्ग, सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, वन, वातावरण तथा पर्यटन राज्यमन्त्री प्रकाश रावल, प्रदेश सभा सदस्य मान बहादुर सुनार, माहाकाली नगरपालिकाका नगर प्रमुख वीर बहादुर सुनार, नगर उप प्रमुख चिनी गिरी, बेदकोट नगरपालिकाका नगर उप प्रमुख सुिशला सिह, वडा नं. १३ का वडा अध्यक्ष लाल बहादुर शाही, नेकपाका नेता ईश्वरी प्रसाद खरेल, किशोक कुमार लिम्बु, राजीव खड्का, भरत भट्ट लगायतका सहभागी भएका छन् ।

उप राष्ट्रपति पुनः र उनकी धर्मपत्निलाई दोसल्ला ओढाएर सम्मान गरेपछि उप राष्ट्रपति पुनःलाई अभिनन्दन गरिएको हो । कार्यक्रममा भीमदत्तका नगर उप प्रमुख सुशिला चन्द सिह र वडा नं. १३ का वडा अध्यक्ष शाहीले उप राष्ट्रपति पुनः र उनकी धर्मपत्निलाई मायोको चिन्ह प्रदान गरे ।

अभिनन्दन अघि उप राष्ट्रपति पुनले झोलुङ्गे पुल स्थलगत अवलोकन गरे । आफ्नो सम्बोधनका क्रममा उनले झोलुङ्गे पुलमा हिँड्न पाएको खुसी व्यक्त गरे । ‘मैले यो धर्तीमा पाइला टेक्न पाए, यो भीमदत्त पन्तको जन्मभूमि हो, यो भूमिमा पाइला टेक्न पाएकोमा गर्व महसुस गरेको छु’ उनले भने,‘यो पुलबारे सुनेको थिए, हेर्न पाए, यसको मर्मत सम्भार गर्न जुट्नु पर्ने छ ।’

उप राष्ट्रपति पुनले सुदूरपश्चिम क्षेत्र पिछडिएको क्षेत्रका रुपमा विगतमा चिनिने गरिएको उल्लेख गर्दै गणतन्त्र स्थापनापछि सन्तुलित पहुँच पुगेको उल्लेख गरे । सुदूरपश्चिम प्रदेश ठूलो सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गर्दै उनले ती सम्भावनाको प्रयोगमा जोड दिए । स्थानीय सरकारका जनप्रतिनिधिको काम सहकार्य र समन्वयकारी देखिएकोमा खुसी व्यक्त गर्दै उनले सिहदरबारको अधिकार गाउँघरसम्म पुगाउने अभियान जारी रहेको बताए ।

कार्यक्रममा राना थारु समुदायका युवतीले आफ्नो साँस्कृतिक नाच देखाए । बुधबार विहान महेन्द्रनगर पुगेका उप राष्ट्रपति पुन अभिनन्दन कार्यक्रम अघि शुक्लाफाँटा राष्ट्रिपति निकुञ्जमा अवलोकन गरेका छन् । बिहीबारउप राष्ट्रपति पुनले बेदकोट धाममा बेदकोट धार्मिक महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!