भीमदत्त नगरपालिकाको चौथो नगर सभा सम्पन्न

महेन्द्रनगर,  फागुन १ । कञ्चनपुरको भीमदत्त नगरपालिकाको चौथो नगर सभा सम्पन्न भएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले अध्यक्षतामा सम्पन्न नगर सभाबाट विभिन्न समितिका प्रतिवेदन पारित गरिएका छन् ।

नगर सभाबाट लेखा समिति, न्यायिक समिति, सुशासन समिति, आर्थिक विकास समिति, विधेयक समिति, सामाजिक विकास समिति, पूर्वाधार विकास समिति र वातावरण तथा विपद् व्यवस्थाप समितिका प्रतिवेदन पारित गरिएका छन् । यसै गरी न्यायिक समितिको प्रतिवेदन पारित गरिएको छ ।

भीमदत्त नगरपालिकाका १९ ओटै वडामा अप्टिकल फाइबर सहित इन्टरनेश जडान, एकीकृत सम्पत्ति कर संकलन, जनप्रतिनिधि तथा पदाधिकारीहरुको आचार सँहिता पालना समिति गठन, कर्मचारीहरुको स्थायीत्व, वृत्ति विकास, सञ्चय कोष, कार्य व्यवस्था परामर्श समिति गठन, विपद् जोखिम न्यूनीकरण विपद् प्रतिकार्य तथा क्षेत्रगत नीति, योजना तथा लागत स्वीकृति सम्बन्धी निर्णय पारित गरिएको छ ।

भीमदत्त नगरपालिका नगर कार्यपालिकाका प्रवक्ता राजेन्द्र पाण्डेयले नगर सभामा पेश गरिएको कार्य सूची अनुसार न्यायिक समिति सहित विषयगत समितिका प्रतिवेदन पारित गरिएको बताए ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा हरेक आर्थिक वर्षमा दुई पटक नगर सभा गर्नु पर्ने प्रावधान छ । यस अघि गत असारमा तेस्रो नगर सभा गरिएको थियो । तेस्रो नगर सभाबाट चालु आर्थिक वर्षका लागि एक अर्ब १० करोड बजेट विनियोजन गरिएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!