सरकारकाे एक वर्ष: प्रधानमन्त्रीले देशवासीका नाममा सम्बाेधन गर्ने

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् ।

सरकार गठन भएको एक वर्ष पुगेको उपलक्ष्यमा उनले देशबासीको नाममा सम्बोधन गर्न लागेका हुन् ।

दिउँसो ४ बजे सिंहदरबारबाट देशबासीको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

केपी शर्मा ओली गत वर्ष फागुन ३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!