‘भ्यालेन्टाइन डे’ मा जाने होईन त चन्द्रगिरि ?

काठमाडौं, फागुन २ । पछिल्लो समय नेपालको नेपालको स्वीट्जरल्याण्ड भनेर चिनिने पर्यटकीय गन्तव्य चन्द्रागिरि हिल्समा प्रणय दिवसको अवसरमा मनोरन्जनात्मक कार्यक्रमको आयोजना गरिने भएको छ ।

प्रणय दिवसको अवसर पारी चन्द्रागिरि हिल्स लिमिटेडले फागुन २ गते (फेब्रुअरी १४), बिहीबार मनोरन्जनात्मक कार्यक्रमको आयोजना गर्न लागेको हो ।

धार्मिक एतिहासिकका साथै पछिल्लो समय लोकप्रय गन्तव्यको रुपमा विकास भईसकेको चन्द्रगिरिमा युवायुवतीहरुका लागि विषेश दिनको रुपमा रहन सकोस र त्यस दिन जीवनमा सम्झना लगाएको वनो्स भने उदेश्यले प्रणय दिवस विशेष बनाउन लागिएको हो ।

चन्द्रागिरि हिल्स लिमिटेडका जिएम अभिषेक विक्रम शाहले कार्यक्रम दिउँसो १२ बजेदेखि ३ बजेसम्म चन्द्रागिरि हिल्स लिमिटेडको टप स्टेशनमा अवस्थित बार २५२० मा संचालन हुने वताए ।

प्रणय दिवसको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन आउने पर्यटकले प्रति जोडी ३ हजार ९ सय ९९ तथा प्रति व्यक्ति २ हजार ४ सय ९९को प्याकेज पनि प्राप्त गर्न सक्नेछन् । जिएम शाहले जानकारी दिए ।

उक्त प्याकेजमा पर्यटकले छुट्टै केबलकार, लाइभ म्युजिक, बिशेष प्रकारका खाना तथा लक्की ड्र मार्फत गिफ्ट प्राप्त गर्न चन्द्रागिरि हिल्स लिमिटेडले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!