सुनको भाऊ बढ्यो !

काठमाडौं, फागुन १ । साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ ।

बुधबार बजारमा सुन तोलामा ६१ हजार ६ रुपैयाँमा कारोबारमा भएको थियो भने आज बढेर सुन तोलामा ६१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

त्यस्तै, मंगलबार तेजावी सुन तोलामा ६१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर ६१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार भने चाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन ।

बुधबार चाँदी तोलामा ७६५ रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी तोलामा ७६५ रुपैयाँमै कारोबार भइरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!