चितवनमा प्रदेश स्तरीय खेलकुद प्रतियोगिता हुँदै, प्रचण्डले उद्घाटन गर्ने

चितवन, फागुन २ । प्रदेश स्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत प्रदेश ३ को उद्घाटन यही फागुन ६ गते चितवनमा हुने भएको छ।

भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालय नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश ३ को खेल उद्घाटन गर्ने कार्यक्रम तय भएको जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष गंगालाल लामाले बताए ।

प्रदेश खेलकुद परिषद्को आयोजनामा प्रतियोगिता हुन लागेको हो । चितवनमा एथलेक्टिस र उसु खेल हुने छ । अन्य खेलहरु ३ नम्बर प्रदेशकै विभिन्न जिल्लामा आयोजना हुने बिहीबार पत्रकार सम्मेलन गरी खेलको संयोजन गरेको खेलकुद विकास समिति चितवनले जनाएको छ ।

प्रदेश नं.५ मा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा छनोटका लागि प्रदेशस्तरमा खेलहरु हुन लागेको हो । प्रतियोगिता अन्तर्गत पुरुष फुटवल नुवाकोटमा, महिला फुटवल सिन्धुपाल्चोकमा, भारोत्तोलन, क्रिकेट, वास्केटवल, टेवलटेनिस, लङ टेनिस काठमाडौंमा हुने अध्यक्ष लामाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!