पलसँग प्रेमका कुरा, ‘भ्यालेन्टाइन डे’मा कसलाई हो प्रेमका शब्दहरु ?

इटहरी, फागुन २ । नेपालमा युट्युबले धेरैको जिन्दगीलाई परिवर्तन गरेको छ ।

धेरै सेलिब्रेटी भएका छन् भने धेरै दुःख पाएकाहरुले भरपुर सहयोग बटुलिरहेका छन् । यस्तै सेलिब्रेटी बन्नेहरुको लर्कोमा पर्छन्, पल लिम्बु ।

गायन विधामा निकै सुनिन थालेको नाम हो पल लिम्बु । युट्युबबाटै कभर गीतहरु गाएर चर्चामा आएका पल यतिबेला कार्यक्रमहरुमा ब्यस्त छन् । हेर्नुहो् उनीसँग ‘भ्यालेन्टाइन डे’ विशेष बनाएर गरिएको प्रेमको बारेमा यस्तो छ कुराकानी–

विशेषगरी माया पिरतीका गीतहरु गाउने पल युवतीहरु माझ अलि बढी लोकप्रिय छन् । अरुको गीतहरु गाउने उनले अब भने आफ्नै गीतहरुको पनि तयारी गरिरहेका छन् । आफ्नै गीतहरुको अन्तिम तयारीमा रहेका उनले अफिसियल म्युजिक भिडियो र गीतहरुलाई एकैसाथ सार्वजनिक गर्ने बताए । यतिबेला देशका विभिन्न स्टेज कार्यक्रमहरुमा उनको माग निकै बढिरहेको छ । इटहरी घर भएका पल आजभोलि काठमाडौं बसेर सांगीतिक दुनियामा रमाइरहेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!