प्रधानमन्त्री भन्छन्, ‘तीनतासेले तास फिटेकोभन्दा कुरा फिटेको देख्दा अचम्म लाग्छ’

काठमाडौं, फागुन २ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बौद्धिक वर्गले हैरान पारेको बताएका छन् । आज ‘नेपालको पानी, जनताको लगानी’ कार्यक्रमको उद्घाटन गर्दै उनले सुखी नेपाली र समृद्ध नेपालीको सपना देख्दा आधार के भनेर प्रश्न गरिएको भन्दै यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘यो बौद्धिक उचाइसँग पनि हैरान भइयो । तीनतासेले तास फिटेको भन्दा कुरा फिटेको देख्दा अचम्म लाग्छ ।’ उनले हरेकले समृद्धि र सुखी हुन चाहने र त्यसैका लागि दिनरात मेहनत गर्ने बताए।

‘हरेकले समृद्धि चाहन्छ, हरेक सुखी हुन खोज्छ । सुख प्राप्ति मानिसको अन्तिम उद्धेश्य हो ।’ उनले भने, हरेक व्यक्तिको प्रयास र संघर्ष सुख प्राप्तिकै लागि हुने गर्छ, अहिले सरकारले पनि त्यसैगरी संघर्ष गरिरहेको छ, मेहनत गरिरहेको छ ।’

नेपालको इतिहासमा कहिल्यै सुनेको थियो यति तीव्रताका साथ योजनाहरु अघि बढाएको भन्दै प्रधानमन्त्री ओलीले प्रश्नसमेत गरे ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!