‘भ्यालेन्टाइन डे’ कै दिन वर्षा र संजोगले लगनगाँठो कसे

काठमाडौं, फागुन २ । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाका ७ वर्ष लामो प्रेम सम्बन्धपछि विवाहमा परिण गरेका छन् ।

प्रेमजोडीहरुका लागि निकै महत्वपूर्ण दिन मानिने ‘भ्यालेन्टाइन डे’ अर्थात् बिहीवार उनीहरुले अग्निलाई साक्षी राखेर सँगै मर्ने सँगै बाँच्ने कसम खाएका छन्।

‘अहिले ‘सन्सा’ जोडीको राजधानीको पाँचतारे होटल र्‍याडिसनमा दुवैतर्फका परिवारको उपस्थितिमा हिन्दू परम्परा अनुसार विवाह भइरहेको छ । दुईको विवाहको तस्वीर ‘फोटो पसल’ ले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् सार्वजनिक गरेको छ ।

प्राप्त तस्वीरमा संजोग र वर्षा दुलहा–दुलहीको पहिरनमा निकै आकर्षक देखिएका छन् । तश्बिरमा दुबैलाई खुसी मुद्रामा देख्न सकिन्छ । वैवाहिक समारोहमा उनीहरुका केही निकट चलचित्रकर्मीहरुको पनि उपस्थित छ । शुक्रबार उनीहरुले रिसेप्सन पार्टी दिँदैछन् ।

७ वर्षअघि वर्षा र संजोगको भेट चलचित्र ‘सरी ल’ को अडिसनको क्रममा भएको थियो । पहिलो भेटबाटै उनीहरु एक–अर्कासँग नजिक भए । उनीहरुले पहिलो पटक एकसाथ फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ मा सँगै काम गरेका छन् । तर, यो फिल्म प्रदर्शनमा आएको छैन ।

वर्षाको नयाँ फिल्म ुगोपीु अहिले हलमा दोस्रो सातामा प्रदर्शन भइरहेको छ । यसअघि उनको ुचौका दाउु प्रदर्शनमा आएको थियो । अहिले उनी ुजात्रै जात्राु मा व्यस्त छिन् । अभिनेता संजोग अभिनीत पछिल्लो फिल्म भने ुकथा काठमाण्डूु हो । उनी फिल्ममा भन्दा आफ्नो व्यवसायमा बढी व्यस्त छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!