कञ्चनपुरमा १८ किलो सुन बरामद

महेन्द्रनगर, फागुन  २ । प्रहरीले बिहिवार कञ्चनपुरको पुनर्बास नगरपालिका २ बाट १८ किलोग्राम सुन बरामद गरेक‍ो छ । विशेष सुराकी आधारमा सो सुन बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरको टोलीसँगै अपराध महाशाखा र केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले सो परिणामको सुन बरामद गरेको कैलाली प्रहरी प्रमुख एसपी आभुषण तिम्सिनाले जानकारी दिए ।

भारतीय सीमासँग जोडिएको सो क्षेत्रमा जमिनमुनि गाडेको अवस्थामा सुन फेला परेक‍ो छ । सुन कसले, कहाँबाट ल्याएको भन्ने यकिन हुन नसकेको एसपी तिम्सिनाले बताए । उनले अनुसन्धान भइरहेकोले घटनाबारेल थप केही भन्न नमिल्ने बताए ।

प्रहरीले सुन मात्र बरामद गरेको जानकारी दिएपनि प्रत्यक्षदर्शीले भने प्रहरी सुनसँगै दुई जनालाई पनि नियन्त्रणमा लिएको बताएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!