बिग ब्यास लिगः सन्दीपको टोलीले गुमायो दोस्रो विकेट [LIVE]

काठमाडौं, फागुन २ । अष्ट्रेलियामा जारी बिग ब्यास लिग (बीबीएल) मा होबर्ट हरिकेन्सले दिएको १५४ रनको लक्ष्य पछ्याउने क्रममा सन्दीप आवद्ध मेलबर्न स्टार्सले दोस्रो विकेट गुमाएको छ ।

मेलबर्नले दोस्रो विकेटका रुपमा मार्कस स्टोनिस (१८) लाई गुमाएको हो । उनलाई कैस अहमदले आउट गरे । यसअघि, मेलबर्नका बेन डुक (९) लाई जोफ्रा आर्चरले आउट गरेका थिए । सन्दीपको टोलीले ८‍.१ ओभरमा ७० रन बनाउदै २ विकेट गुमाएको छ ।

लाइभ खेल हेर्न यहाँ क्लिक गर्नुस्

यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको हरिकेन्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५३ रन बनायो ।  उसका लागि बेन म्याक डेबोर्टले सर्बाधिक ५३, डार्सी सटले ३५, ग्रिगो बेलीले ३७ रन प्रहार गरे ।

बलिङमा मेलबर्नका डानियल ओरलले ४, एडम जाम्पा र डिजे ब्राबोले एक-एक विकेट लिए । आज सन्दीप भने विकेट बिहीन भए । उनले ४ ओभरमा ३१ रन खर्चिए । यो खेल फाइनल प्रवेशका लागि भइरहेको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!