पूर्वराष्ट्रपति भन्छन्, ‘पैसा लिएर सांसद बनाउने काम भएकाले इमान्दार राजनीति गर्नेको अभाव’

काठमाडौं, फागुन १८ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले देशमा इमान्दार नेताहरु नभएको बताएका छन् । उनले मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, बीपी कोइरालाजस्ता नेताहरु कोही भए आफूलाई देखाइदिन पनि चुनौती दिए ।

शनिबार डिल्लीबजार बहुमुखी क्याम्पसको ३९ औंँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति यादवले ठेकेदार र पैसा लिएर सांसद बनाउने काम भैरहेकाले देशमा इमान्दार राजनीति गर्नेहरुको अभाव रहेको बताए । उनले राजनीति ठिक नभएकाले देशको शैक्षिक क्षेत्रको पनि उचित विकास हुन नसकेको पनि स्पष्ट पारे ।

पूर्वराष्ट्रपति यादवले देशको भूगोल सुहाउँदो शिक्षाको आवश्यक्तामा पनि जोड दिए । उनले विज्ञहरुको सुझाव लिएर मुलुकको शिक्षा क्षेत्रको उचित विकासमा सरकारले आवश्यक कदम चाल्नुपर्ने पनि बताए ।

कमेन्ट गर्नुहोस्