कतारमा ज्यान गुमाएका दुई नेपाली नागरिकका परिवारलाई १ करोड २० लाख क्षतिपूर्ति

दोहा,फागुन २३।कतारको आन्तरिक मामिला मन्त्रालयले सन् २०१४ मा कतारमा मृत्यु भएका दुई नेपाली नागरिक भरतपुर-६, धनुषाका शिरण कापर र सिङ्गा-७,म्याग्दीका पूर्ण बहादुर सार्कीको हकवालाले कानुनत पाउनुपर्ने क्षतिपूर्ति रकम दूतावास मार्फत पठाएको छ।

कतार स्थित नेपाली दूतावासको निरन्तर पहलमा मन्त्रालयले मृतकका परिवारका सदस्यहरु काकुल्ती देवी कापर र शान्ती सार्की लाई कतारमा झिकाएर दूतावासको रोहवरमा मंग्लवार कतारी रियल दुई-दुई लाख नेपाली झन्डै १ करोड २० लाख रुपैयाँ क्षतिपूर्ति रकम हस्तान्तरण गरेको कतार स्थित नेपाली दूतावासले जानकारी दिएको छ।

यस अघि क्षतिपूर्ति रकम प्राप्त गर्ने सिलसिलामा महामहिम राजदूतले कतार सरकारका सम्बन्धित अधिकारीहरुसँग भेटघाट गरी विशेष पहल गरेका थिय। मृतकको पारिवारिक आर्थिक स्थिति कमजोर भएको सन्दर्भमा प्राप्त उक्त क्षतिपूर्ति रकमले परिवारको जीविकोपार्जनमा सहयोग पुग्ने विश्वास दूतावासले जनाएको छ।

कमेन्ट गर्नुहोस्