सासू-बुहारी र छाेरीबीच नै विभेद भए कसरी हुन्छ महिला मुक्ति?

सिर्जना शर्मा, काठमाडौं । आमा शब्द उच्चारण गर्दा एउटै बेग्लै आदरका अनुभूति हुन्छ । सबैका लागि आमा भगवानसरह हुन्छन् । तर त्यही आमा कसैको छोरी ,श्रीमती, बुहारी, दिदि, बहिनीको भूमिका पनि हुन्छिन् । त्याग, समर्पण, स्नेह र मायाको खानीका रुपमा अनुभूति गरेर हामी आमाको बारेमा गलत सोच्न सक्दैनौं, बोल्न र लेख्न सक्दैनौं तर त्यही आमाको अर्को भूमिकाका रुपमा रहेका श्रीमती, बुहारी आदिको बारेमा भने नकारात्मक सोच हुन्छन् । आखिर किन ?

महिला भएर महिला कै पिडा नबुझने साथ नदिने भएर हो समाजमा गलत हुने चाहे त्यो सासु-बुहारीको कुरा होस् या दाईजोको, महिलाले नै हो गर्ने माग-राख्ने । श्रीमानले श्रीमतीलाई साथ र सहयोग गर्दा रोक्ने महिला नै हुन् । छोरा भएर काम गर्ने श्रीमतीको दास बन्न खोज्ने भनेर भन्ने महिला नै हुन्  !

व्यक्ति अनुसार मानिसको स्वभाव फरक हुनसक्छ होला, तर विवाह गरेर पराई घर गएपछि कुनै पनि छोरीले ‘म सासुलाई सताउँछु या नराम्रो गर्छु भनेर सोचाई राख्दैन । बरु एउटा खुसीयाली र जन्मे हुर्केको घर छोडनुको पीडाको सम्मिश्रणमा बाँकी जीवनमा पनि त्यही माइती जस्तै माया र व्यवहारको अपेक्षा बुहारीले राखेको हुन्छे । तर यो कुरा धेरै दिन टिक्दैन । बिहाका दिन बुहारी भित्रिएकोमा नाच्ने गाउनेहरुबीच नै सम्बन्ध टाढिँदै जान्छ ।

अचम्म त के छ भने छोरी नभएको अवस्थामा त्यहाँ सासुले बुहारीलाई धेरै माया, साथ र सहयोग गरेको पाइन्छ तर छोरी हुनेहरुकै घरमा पनि सम्बनध नमिलेको देखिन्छ । एउटा आमाले आफ्नी छोरीलाई दिएको माया, त्याग सबै उसले बुझेकी र देखेकी हुन्छिन् । तर बुहारी भनेको त नयाँ मान्छे हाे, उनका लागि सासु नयाँ हुन र उनले आफ्नी सासु-आमालाई चिन्ने त बिहे पछिनै हो । सासुले पनि बुहारीलाई त्यसपछि मात्रै चिन्ने हो । त्यसैले आमाको स्थानमा सासु हुने अवस्थामा बुहारीको अपेक्षा आमा जस्तै माया, स्याहार र व्यवहार हुनु स्वभाविकै हो । तर बुहारीले सासुलाई आफ्नी आमाको ठाँउ कसरी दिउन जब उनले त्यो माया, साथ, सहयोग, त्याग नै पाउन सकिनन् भने ? अर्कोतर्फ छोरीकै माया पाउन छोरी जस्तै बनि दिनु पर्यो । आमाको जस्तै माया पाउन आमा बन्नु पर्यो ।

यथार्थ त के छ भने छोराले आमालाई मात्र माया, साथ र आमाले जे भने गरे नि मान्ने छोरा भयो भने त्यो राम्रो मानिन्छ तर यहि उसले श्रीमतीको लागि गर्यो भने उसलाई जोईटिड्ग्रे नाम दिईन्छ ! तर यो कुरा ज्वाईंको हकमा भने आमाले सोचेकी हुँदिनन् ।

प्रश्न उठछ– के एउटा सासुले साँच्चिकै बुहारीलाई छोरी ठानेकि हुन्छिन् ? एउटा सासुको बुहारी र ज्वाई एउटै तहका छन् भने के उनीहरूले एउटै मान, सम्मान पाएका हुन्छन् ? छोरा बुहारी नजिक हुँदा के आमाले छोरा मबाट टाढा होला कि भनेर सोचदिन्न होला ? तर यही सोच छोरी ज्वाईको लागि आउछ होला त ? ज्वाइँले छोरीलाई औधी माया गरोस् भनेर चाहना गर्ने आमाले आफ्नो छोरा र बुहारी औधी मिलेको कुरा कत्तिको स्वीकार्न सकिछन् ?

यथार्थ त के छ भने छोराले आमालाई मात्र माया, साथ र आमाले जे भने गरे नि मान्ने छोरा भयो भने त्यो राम्रो मानिन्छ तर यहि उसले श्रीमतीको लागि गर्यो भने उसलाई जोईटिड्ग्रे नाम दिईन्छ ! तर यो कुरा ज्वाईंको हकमा भने आमाले सोचेकी हुँदिनन् । जबकि यो सबको बीचमा त बिचरा एउटा छोरा, श्रीमान परेको हुन्छ ! यसरी आफु अनुरुप सोचिने र व्यवहार गरिने यस्तै कारणले सम्बन्ध टुटने गर्छन । महिला भएर महिला कै पिडा नबुझने साथ नदिने भएर हो समाजमा गलत हुने चाहे त्यो सासु-बुहारीको कुरा होस् या दाईजोको, महिलाले नै हो गर्ने माग-राख्ने । श्रीमानले श्रीमतीलाई साथ र सहयोग गर्दा रोक्ने महिला नै हुन् ।

कम्तिमा महिलाहरुले आफूले महिलाहरुको संसारभित्रको पुरुषको जस्तो महिलाले महिलालाई अपमान गर्ने हिंसा गर्ने व्यवहार त सच्च्याउन सकिन्छ । समाजमा परिवर्तन को लागि पुरूषलाई भन्दा पनि महिलालाई शिक्षा दिन जरूरी छ। एक महिलाले अर्को महिलालाई सहयोग गर्ने हो भने यो अवस्था परिवर्तन हुन बेर लाग्दैन ।

छोरा भएर काम गर्ने श्रीमतीको दास बन्न खोज्ने भनेर भन्ने महिला नै हुन्  ! धेरै अवस्थामा महिला स्वयमले महिलामाथि हुने हिंसा र शोषणलाई प्रश्रय र मलजल गरिरहेका हुन्छन् । छाउपडी प्रथा जस्ता सामाजिक समस्या अन्धविश्वासलाई साथ दिने महिलाले नै हो ! एउटी बिधवा महिला पूजाको समय अगाडि परिन भने अशुभ रे, के यही हो एउटी महिलाले अर्की महिलालाई दिएको सम्मान ? किन बोक्सीको आरोप लाग्दा  एउटा महिला अर्की महिलाको साथ दिन्नन ? जो आफूभन्दा कमजोर हुन्छन् प्राय उसैलाई यस्ता आरोप लाग्छन्, किनभने कुनै सम्पन्न परिवारको सदस्यमा यस्ता आरोप र बोक्सी लाग्दैनन् । किन महिलाले अर्की महिलालाई साथ दिन्नन् ?

काम धेरै गर्नुपर्ने हुन्थ्यो, रगत चुहाँउदै हिड्दा सबै तिर फोहाेर हुने भएर एउटै ठाँउमा बस्ने चलन बनाए ! त्यस्तो अबस्थामा पकाएको खान त घिन लाग्नु स्वभाविक नै हो ! त्यसैले यो चलन चल्यो तर त्यसले त महिलालाई अहिलेसम्म अशुद्ध बनाईदियो !

कतिपय अवस्थामा त विवाहित पुरुषको जीवनमा अर्को महिलाको प्रवेश हुन्छ । आफै कसैको जीवनमा आउँदा त्यो पुरुषसँग यसअघि भएकी महिलाको अधिकारमाथि दमन गरेको हुन्न र ? महिलाले महिलाकै घर बिगार्ने यस्ता महिला ठीक हुन र ? अर्को कुरा, उनले एक चोटी चालेको त्यो कदम फेरि नगर्लीन् भन्ने के छ र ? यसमा पुरुषको पनि गल्ती हुन्छ । उसले पनि घरमा महिला हुँदाहुँदै बाहिर अर्कोसँग बिहे गर्ने कुरा गलत नै हो । त्यसो त सबै महिला गलत हुँदैन्न त्यस्तै सबै पुरूष पनि गलत हुँदैनन् ! तर सामाजिक संस्कारका कारण महिलालाई महिलाकै बिरोधमा व्यवहार गर्ने बनाइएको हुन्छ । समाजबाटै महिला अपहेलीत हुन्छिन् !

सामाजिक संरचना परिवर्तन गर्नका लागि शोषणमा परेका महिलाहरुले आफू सशक्त बन्नुका साथै आफ्नो व्यवहारमा समेत परिवर्तन गर्नु जरुरी छ । पुरुष त ल शोषण गर्छन रे ? कम्तिमा महिलाहरुले आफूले महिलाहरुको संसारभित्रको पुरुषको जस्तो महिलाले महिलालाई अपमान गर्ने हिंसा गर्ने व्यवहार त सच्च्याउन सकिन्छ । समाजमा परिवर्तन को लागि पुरूषलाई भन्दा पनि महिलालाई शिक्षा दिन जरूरी छ। एक महिलाले अर्को महिलालाई सहयोग गर्ने हो भने यो अवस्था परिवर्तन हुन बेर लाग्दैन ।

कसैलाई लाग्ला यो हाम्रो धर्म हो परिवर्तन गर्छु भनेर हुन्छ ! हाफ्नो संस्कार धर्मलाई बिर्सनु भनेको होईन तर धर्मको नाममा हुने अन्धविश्वास र अरूलाई तल पार्ने काममा परिवर्तन हुनुपर्छ । पढेलेखेका बाहिर शिक्षा दिने घर भित्र महिला हिंसा गर्ने पनि हुन्छन् । तिमि कसरी शिक्षित भयौ जब तिमीले आफ्नो सानो सोचमा परिवर्तन ल्याउन सक्देनौ !

त्यसैले बलात्कार भएपछि मात्र महिला हक अधिकार को कुरा गरेर हुन्दैन ! हाम्रै समाजमा हुने साना-साना कुरा जसले महिलालाई सधै पछि पार्छ त्यसलाई परिवर्तन गर्न सक्नुपर्छ । महिनावारी कै कुरा छ जुन एउटा नियमीत प्राकृतिक जैविक प्रक्रिया हो तर छुवाछुतले त्यो अवस्थालाई अशुद्धसलाई अशुद्ध बनाईन्छ ! यदि महिनीवारी नै नहुने हो भने यो संसार नै चल्ने थिएन । तर एउटी महिलाले बच्चालाई जन्म दिई सकेपछि उसलाई सुतक लाग्छ रे ! तर के बच्चालाई जन्म दिनु, यस संसारमा ल्याउनु पाप हो ? जबसम्म यस्ता सानो सोचमा परिवर्तन आउँदैन एक महिलाले अर्की महिलालाई साथ दिन्नन् समाजमा महिला कहिले माथि उठ्ने छैनन् ।

हो हाम्रो समाजमा पुर्खौदेखि चल्दै आएको परम्परा, हाम्रो धर्मले सिकाएको चलन हो तर समय परिवर्तन भैसकेको छ । ति समयमा महिनावारी हुँदा सैनिटरी पैड, त्यसको सरसफाईको लागि उपयुक्त सामान हुँदैन थिए । महिलालाई ति दिनहरूमा साह्रै गाह्रो हुन्थ्यो । काम धेरै गर्नुपर्ने हुन्थ्यो, रगत चुहाँउदै हिड्दा सबै तिर फोहाेर हुने भएर एउटै ठाँउमा बस्ने चलन बनाए ! त्यस्तो अबस्थामा पकाएको खान त घिन लाग्नु स्वभाविक नै हो ! त्यसैले यो चलन चल्यो तर त्यसले त महिलालाई अहिलेसम्म अशुद्ध बनाईदियो ! सुतकको कुरा गर्ने हो भने महिलालाई काम गर्न गाह्रो हुन्छ । महिलालाई आराम होस् भनेर भान्सामा जानबाट रोकियो ! भर्खर जन्मेको बच्चालाई रोग नलागोस् भर्खर जन्मेको बालकको शरिर निकै कोमल र कमजोर भएकाले बच्चालाई बाहिर लग्नु हुन्न भनेर भनिएको हो !

पढेर मात्र कोहि ठूला हुँदैन्न् कति नपढ्नु भएको तर सोच-विचार डा. भएका भन्दा पनि महान हुन्छन् । यो त सब आफूले के गर्ने आफ्नो सोच-बिचारमा कतिको परिवर्तन ल्याउने भन्ने हो । आफ्नो धर्म जोगाउनुपर्छ तर गलत कुराहरूमा परिवर्तन पनि हुनुपर्छ । त्यसैले महिलाहरु स्वयमले व्यवहारमा परिवर्तन गर्नु जरुरी छ ।

धर्म गलत हैन र त्यसलाई कार्यान्वयन गर्ने पनि गलत होईन्न तर समय अनुसार चलन सक्नुपर्छ समयलाई रोक्न खोजेर रोकिदैन । पहिले र अहिलेमा परिवर्तन छ सरसफाईका लागि उपयुक्त सामान छन् । कसैलाई लाग्ला यो हाम्रो धर्म हो परिवर्तन गर्छु भनेर हुन्छ ! हाफ्नो संस्कार धर्मलाई बिर्सनु भनेको होईन तर धर्मको नाममा हुने अन्धविश्वास र अरूलाई तल पार्ने काममा परिवर्तन हुनुपर्छ । पढेलेखेका बाहिर शिक्षा दिने घर भित्र महिला हिंसा गर्ने पनि हुन्छन् । तिमि कसरी शिक्षित भयौ जब तिमीले आफ्नो सानो सोचमा परिवर्तन ल्याउन सक्देनौ !

पढेर मात्र कोहि ठूला हुँदैन्न् कति नपढ्नु भएको तर सोच-विचार डा. भएका भन्दा पनि महान हुन्छन् । यो त सब आफूले के गर्ने आफ्नो सोच-बिचारमा कतिको परिवर्तन ल्याउने भन्ने हो । आफ्नो धर्म जोगाउनुपर्छ तर गलत कुराहरूमा परिवर्तन पनि हुनुपर्छ । त्यसैले महिलाहरु स्वयमले व्यवहारमा परिवर्तन गर्नु जरुरी छ । एकले अर्कोलाई सम्मान गर्न सिक्नुपर्छ । महिला भएर अर्की महिलामाथि नै शोषण हुने सबै व्यवहार परिवर्तन गर्नतर्फ लाग्नुपर्छ । अनिमात्र समानताको यो संघर्षमा जीत पाउन सकिन्छ ।

कमेन्ट गर्नुहोस्