इथियोपियन विमान दुर्घटनापछि बोइङ ७३७ माथि प्रतिबन्ध

काठमाडौं, फागुन २७ । आइतबार भएको इथियोपियन एयरलाइन्सको विमान दुर्घट्नापछि विश्वका धेरै देशहरूले बोइङको अत्याधुनिक मोडेलको विमानमा सुरक्षा त्रुटी हुनसक्ने आशंकाका साथ बोइङ ७३७ म्याक्स-८ को उडानमा रोक लगाएका छन्।

दुर्घटनाका कारणहरूबारे जाँच चलिराखेकै बेला इथियोपियन एयरलाइन्सले एक बुलेटिन जारी गर्दै यस कम्पनीद्वारा निर्माण गरिएको नयाँ मोडेल ७३७ म्याक्स-८ को उडान अर्को सूचना जारी नहोउन्जेल स्थगित गर्ने भनेको छ ।

त्यस्तै चीनको नागरिक उड्डयन प्राधिकरणले पनि सुरक्षाबारे शून्य सहनशीलता भन्दै सबै ७३७ म्याक्स-८ विमानहरूलाई ग्राउन्डेड गर्न आदेश दिएको छ । चीन बोइङ कम्पनीको सबैभन्दा ठुलो बजार हो ।

संयुक्त राज्य अमेरिकाको नागरिक उड्डयन प्राधिकरणले पनि यस दुर्घटनालाई ‘अत्यन्त शंकास्पद’को संज्ञा दिंदै उडान सुरक्षा सुनिश्चित भएपछि मात्र यस मोडेलका विमानहरूलाई उडान अनुमति दिनुपर्ने बताएको छ । गत अक्टोबरमा मात्रै यसै मोडेलको एउटा विमान दुर्घटनाग्रस्त हुँदा १८९ जनाको ज्यान गएको थियो । यो बोइङको सबै भन्दा नयाँ मोडेल हो

कमेन्ट गर्नुहोस्