भारतलाई पहिलो झड्का, शिखर आउट

काठमाडौं, फागुन २९ । एकदिवसीय सिरिजको अन्तिम तथा निर्णायक खेलमा अष्ट्रेलियाले दिएको २७३ रनको लक्ष्य पछ्याउने क्रममा भारतले पहिलो विकेट सस्तैमा गुमाएको छ । उसले ४.२ ओभरमा शिखर धवनलाई १२ रनमा गुमाएको हो । उनलाई अष्ट्रेलियाका प्याट कमिन्सले आउट गरे । यसअघि, टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै २७२ बनायो ।

उसका लागि उश्मान ख्वाजाले १००, पीटर ह्यान्सकमले ५५, कप्तान आरोन फिंचले २७, मार्कस स्टोनिस, एश्टन टर्नरले २०—२०, प्याट कमिन्सले १५ र जय रिजडसनले  २९ रन बनाए । बलिङमा भारतका भुवनेश्वर कुमारले ३, मोहम्मद सामी, रविन्द्र जडेजाले दुई—दुई र कुलदीप यादवले एक विकेट लिए ।

पाँच खेलको सिरिजमा दुवै टिमले दुई—दुई खेलमा जित निकालेको छ । निर्णायक खेलमा आज भारतले एक र अष्ट्रेलियाले दुई खेलाडी परिर्वतन गरेको छ । अष्ट्रेलियाले मार्कस स्टोनिस र नाथन लायनले आज टिममा समावेश गरेको छ । उसले शन मार्स र जोसन बेहनड्रफलाई आराम दिएको छ ।

यस्तै, भारतले पनि आजको खेलमा २ खेलाडी परिर्वतन गरेको छ । उसले केएल राहुलको स्थानमा रविन्द्र जडेजा र युजवेन्द्र चहलको ठाउँमा मोहम्मद सामीलाई मौका दिइएको हो ।

कमेन्ट गर्नुहोस्