फेरि हुम्लामा हिमपात

सिमकोट, चैत १ । चैत महिना लागेपनि हुम्लामा हिमपात भएको छ ।

बिहीबार रातीबाट हिमपात भएको हो । जमिनमा बिहान सम्म आधा फिट हिउँ जमेको छ । हिउँ पर्ने क्रम जारी रहेको छ । हिमपात पछि चिसो बढेको छ । बिहान चिसो बढेपछि तापक्रम माईनस चार डिग्रीमा झरेको छ । अघिल्लो हिउँ जमि रहेको बेला पुन: हिमपात हुदा माथिल्लो हुम्ला सेताम्मे भएको छ ।

अझ नाम्खा गाउँपालिकाका उच्च बस्ती, चाला, मुचु, तुम्कोट, यारी र लिमीमा धेरै हिपात भएको छ । लिमी फेरी सम्पर्क विहीन भएको छ । यस बर्षको यो बाह्रौं हिमपात हो ।

कमेन्ट गर्नुहोस्