किक बसिङ्गका बादशाह अविरल घिमिरेलाई विमानस्थलमा भव्य स्वागत

काठमाडौं, चैत ४ । प्रोफेसन्ल किक बसिङ्गका खेलाडी अविरल घिमिरे हिम चितुवालाई त्रिभुवन विमान स्थलमा भव्य स्वागत गरिएको छ ।

जापानमा सम्पन्न ‘किक बक्सिङ’ उनले ११ वटा भिडन्तमा १० वटा फाईटमा नेपालको झण्डा फहराई स्वदेश फर्केका घिमिरेलाई ‘नेपाल सि–क्योक’सिन कराँते एशोसियसन र चन्द्रागिरि नगरपालिकाले विमानस्थलमा स्वागत गरेको हो ।

आफ्नो पहिलो भिडन्तमा नै ब्राजिलका खेलाडीसँग भिडेका अविरलले पछिल्लो पटक गतसाता दक्षिण कोरियाका व्यवसायिक खेलाडी जुग ओ जिमको चुनौतीलाई सहजै पन्छाएका थिए । ब्राजिलका खेलाडीसँग उनको भिडन्त एमेच्योर खेलाडीको रूपमा रहेको थियो । दुई दर्जनभन्दा बढी व्यावसायिक भिडन्तमा सफलता हात पारिसकेका जिमलाई अविरलले नकआउट गरेर नेपाली झण्डा फहराउन सफल भएका थिए । विमानस्थलमा सञ्चार्कमिहरूसँग प्रतिक्रिया दिँदै उनले आगामी दिनमा खेललाई सशक्त बनाउदै लैजाने र खेलकूदबाट देशको नाम रोशन बनाउने वताए ।

उनलाई स्वागत गर्न नेपाल सि–क्योकी ’सिनका महासचिव ब्रान्च चिफ सुर्य बुडाथोकी पुर्व खेलाडीहरू, शुभ चिन्तकहरूको भीड लागेको थियो । करीब दुई दर्जन व्यावसायिक किक बक्सिङ्ग खेलमा भिडिसकेका कोरियाली खेलाडीलाई लगातार दुई पटक ढाल्दै १९ वर्षीय नेपाली युवा किक बक्सर अबिरल घिमिरेले १०औं पटक नेपालको झण्डा फहराउन सफल भएका थिए ।

सो अगाडि बोलभिया, ब्राजिल जापान लगायतका खेलाडीहरूलाई पाखा लगाउदै सफलताको शिखर चुमिसकेका छन् ।

केही तस्वीरहरुको झलक-

तस्वीर : रोशन दानी

 

कमेन्ट गर्नुहोस्