रवि लामिछानेलाई खुला चुनौतीः ‘रवि जी गोयवल्सहरुले एकदिन आत्महत्या गर्नेछन्’

 गोकुल कार्की । यदि यो युद्धकाल हुँदो हो त रवि लामिछानेले पचास लाख रूपैयॉ टाउकोको मूल्य तोकिएका फलानो फलानोलाई मार भनेर कसैलाई उक्साउन पनि सक्ने थिए । तर यो त बिस्तृत शान्ति सम्झौता पछिको अवस्था हो । यो अवस्थामा यदि कसैले कसैमाथि आक्रमणका लागि उक्साउॅछ, प्रोत्साहित गर्छ भने त्यो शान्ति सम्झौताको खिलाप हुन जान्छ ।

शान्ति वार्ता चलिरहेको समयमा मान्छेहरूलाई घर-घरबाट थुतेर लाइन लाएर गोलीले भुट्ने दोरम्वा हत्याकाण्डका जल्लादहरू र रवि लामिछानेको सोचमा कुनै भिन्नता छैन । साँचो झूठो के हो त्यो जान्दिन तर कुनै एउटा पार्टीको माइन्यूटमा प्रचण्डलाई सफायाको एक नम्बर लिष्टमा राखेको भन्ने प्रसङ्गबाट यसको सुरूआत भयो । जब यो कुरा प्रचण्डले (सरकारी निकाय मार्फत) सुने, आफ्नो धारणा सार्वजनिक गरे ।

असन्तुष्टि व्यापक छ तर अहिले घोषित युद्द चालू छैन । यो अवस्थामा कसैले आफ्नो ज्यान लिन गइरहेको छ भन्ने सुन्नु पर्दा जो कोही पनि उद्देलित हुन सक्छ । शान्ति प्रकृया विथोलिन सक्ने चिन्ता पनि हुन सक्छ । त्यो चिन्तालाई रवि जीले प्रचण्ड आफ्नो ज्यानको मायाले डरायो भन्ने मनोगत विश्लेशणमा पुग्नु स्वयम् दरिद्र चिन्तन हो ।

कति खतरनाक अपिल गरेका छन् यिनले । भिडियो हेर्दा बुझ्न सकिन्छ । जनयुद्ध गरेर ठूलो अपराध गरेको रविको आरोप छ । के परिवर्तन समयको माग थिएन ? जनयुद्द्धले निर्दिष्ट गरेका लक्ष्यहरु प्रचण्डको निजी मामिला थियो त ? जनयुद्ध प्रचण्ड एउटाको सनकले लडिएको थियो त ?

प्रचण्डप्रति यत्रो डाह, यत्रो रीस, यत्रो कुण्ठा पालिएको रहेछ त युद्धकाल मै बदला लिएको भए हुन्थ्यो । प्रचण्ड यति डरछेरूवा मान्छे रहेछन् भने रवी जस्तो सुरवीर मान्छेले त्यैवेलामा आफूसँग भएको हिम्मतको प्रयोग गर्नु पर्थ्यो ।

नागरिकता च्यातेर कायर जस्तो गरी अमेरिका भाग्नुको सट्टा प्रचण्डको टाउको लिएर ५० लाख सरकारी पुरस्कार थापेको भए अहिले हाइसञ्चो हुन्थ्यो । व्यक्तिप्रति चरम पूर्वाग्रही भएर प्रहार गर्ने यो पाटो त छ नैं । त्यसको अलवा रविले परिवर्तनको लागि लडिएको बलिदानीपूर्ण युद्धलाई घोर अपमान गरेका छन् ।

‘१७ हजार मार्दा केही नहुने, आफ्नो पालो आउँदा सातो जाने … यिनी मारिए पनि केही फरक पर्दैन… !’ कति खतरनाक अपिल गरेका छन् यिनले । भिडियो हेर्दा बुझ्न सकिन्छ । जनयुद्ध गरेर ठूलो अपराध गरेको यिनको आरोप छ । के परिवर्तन समयको माग थिएन ? जनयुद्द्धले निर्दिष्ट गरेका लक्ष्यहरु प्रचण्डको निजी मामिला थियो त ? जनयुद्ध प्रचण्ड एउटाको सनकले लडिएको थियो त ?

रविलाई यो सबै थाहा छ । कुन पक्षबाट कति मारियो भन्ने कुरा यिनलाई थाहा नभएको हैन । दुई तिहाई मान्छे राज्य पक्षबाट मारिएको छ । तर रविले वास्तविकतालाई पर्दा हाल्ने कोशिस गर्दै राज्यको अपराधलाई लुकाउन खोजेका छन् । एउटा प्रचन्डलाई हत्यारा भन्दै मिडियाको दुरुपयोग गरिरहेका छन् । परिवर्तनकारी आन्दोलनप्रति विषवमन गरेका छन् ।

पक्कै थिएन । त्यो त एउटा बिशुद्ध सामाजिक अभियान थियो । लाखौ मानिसहरु लामबद्ध थिए । तर संविधानसभाको चुनाव मार्फत समस्याको समाधान गरौँ भन्दा आतंककारीको बिल्ला भिराउँदै राज्य आफै फाँसीवादी दमनचक्रमा उभियो । मानिसहरुको कत्लेआम शुरु गर्यो । अभियानको दौरान हज्जारौ हजार मानिसहरु हताहत भए । घाइते–अपाङ्ग भए । अरु हज्जारौ मानिसहरु अझै पनि बेपत्ता छन् ।

रविलाई यो सबै थाहा छ । कुन पक्षबाट कति मारियो भन्ने कुरा यिनलाई थाहा नभएको हैन । दुई तिहाई मान्छे राज्य पक्षबाट मारिएको छ । तर रविले वास्तविकतालाई पर्दा हाल्ने कोशिस गर्दै राज्यको अपराधलाई लुकाउन खोजेका छन् । एउटा प्रचन्डलाई हत्यारा भन्दै मिडियाको दुरुपयोग गरिरहेका छन् । परिवर्तनकारी आन्दोलनप्रति विषवमन गरेका छन् ।

दरबारको जुठेल्नो सफा गर्ने हैसियतका मान्छेहरू आज वाक स्वतन्त्रताको यो युगमा छन्, जसको कारण यो सम्भव भएको छ, सम्वाहक तमाम सहीदहरूप्रति हिलो छ्याप्ने काम रविबाट भएको छ । जुन दिन प्रचण्डहरूले आफ्नो अभियान शुरू गरे, के यहॉ सबै कुरा चुस्त दुरूस्त थियो । आनन्दै आनन्द थियो? उनले ढुङ्गा हानेपछि बल्ल शान्त तलाउ खल्बलिएको हो? वेथितिको शुरूआत बल्ल शुरूआत भएको हो? त्यसका लागि थोरै इतिहास पनि खोतल्नु सान्दर्भिक हुन आउँछ ।

सबैले मानेको कुरा, राजा बिरेन्द्र असल ह्रदयका मानव थिए । ईतिहास पढे अनुसार भिमसेन थापा पनि असल नैं थिए । युवराज त्रैलोक्य निकै आशा लाग्दा थिए रे । सबै मारिए । विशाल नेपालका अभियन्ता बहादुर शाह यो देशमा अटाएनन् । नालापानी युद्धका वीर वलभद्र कुँवर कुमाउ-गढवाल-अल्मोडातिर पुगे । देव शम्सेर दयालु भएका कारणले राणा खलकले नै धपायो ।

जुन दिन प्रचण्डहरूले आफ्नो अभियान शुरू गरे, के यहॉ सबै कुरा चुस्त दुरूस्त थियो । आनन्दै आनन्द थियो? उनले ढुङ्गा हानेपछि बल्ल शान्त तलाउ खल्बलिएको हो? वेथितिको शुरूआत बल्ल शुरूआत भएको हो? त्यसका लागि थोरै इतिहास पनि खोतल्नु सान्दर्भिक हुन आउँछ ।

ज्ञानको खोजीमा रहेका बुद्दलाई समेत ढुंगा हान्ने, दुःखदिने मान्छे यही माटोमा थिए रे । यति ठूलो देश हुँदा हुँदै ध्यान बस्नकै लागि भारतसम्म पुग्न आवश्यक नैं थिएन । पिपलबोट यही माटोमा पनि हुँदो हो, गयासम्म त्यत्तिकै पुगेका होइनन होला बुद्ध पनि ।

यहॉको सत्ताले आज मात्रै होइन, सदियौंदेखि असलहरूलाई छानीछानी लखेटेको छ । लखेट्दा नतर्सिनेहरूलाई नृसंस हत्या गरेको छ । जेठी महारानी-कान्छी महारानीको लुछाचुडी, राजकुमार कसलाई वनाउने हानाथाप । भाइ भारदारहरुलाई उचाल्ने-पछार्ने-थेचार्ने । सत्ता हत्याउनकै लागि कोत पर्व, भण्डारखाल पर्वको श्रृङ्खलाले ईतिहास रक्त रञ्जित छ ।

यो देशमा जो इमान्दार छ, राष्ट्रप्रति बफादार छ, उसले पूरा उमेर जिउन पाएको छैन भन्ने त इतिहास सिद्द नै छ । काजी भिम मल्लकी सतिले राज्यसत्तालाई त्यत्तिकै श्राप दिएकी पक्कै हैन होला । अन्याय अत्याचार, चौतर्फी भ्रष्टाचार, संसदहरुलाई बैंककका होटेलहरुमा राखेर अश्लील फिल्ममा भुलाउने जस्ता हर्कत, सांसद खरीद-बिक्री, सुत्केरो भत्ता, प्राडो-पजेरो, सुरासुन्दरी काण्डले पछिल्लो समयसम्म पनि समाज आक्रान्त थियो । भन्नेहरूले अझै भन्न छोडेका छैनन, नेपाल स्वर्ग जस्तै शान्त थियो । यो वाक्य इतिहास माथिको व्यङ्ग्य हो अथवा सत्ताको चाकडी ?

यसको जवाफ छ रवीसँग? कमजोरमाथि बमबारी गर्ने सत्ता स्वर्ग जस्तै हुन्छ? जनता लुटिएको सत्तामा शान्ति देख्ने रवीको आँखा वाह ! मतलव, त्यो सत्ताको मालिक रवी वाह ! जहाँ बेथिति छ, त्यहाँ बिद्रोह अवश्यम्भावी छ । बन्द कोठामा भट्याएर, क्यामरा घुमाएर मात्र दुनियाँ परिवर्तन गर्न सकिन्न । समयले मागेको बलिबेदीमा होमिनु, आहुति दिनु, रगत पसिना बहाउनु र घोक्रो फुलाउँदै नाकको पोरा बजाएर मोडलिङ गर्नु फरक कुरा हुन् ।

लिंकनले काला गोराको भेदभाव बिरोधी लडाई लडे । साठी हजार भन्दा बढी मानिस मारिए । अहिंसाका पुजारी गान्धीले बेलायती साम्राज्यवाद बिरोधी लडाई लडे, ४ लाख मान्छे मारिए । तथापी हामी लिंकन-गान्धीलाई हत्यारा भन्ने हिम्मत गर्न सक्दैनौं । महात्मा भनेर सम्बोधन गर्छौं । राज्य एकीकरणका बेला हाम्रै बडामहाराजले कतिको जीवन छिने । के हामीले यसलाई गलत भन्न सकेका छौ?

शोषकहरुको कारणले मान्छे सडकमा पुग्छन् । दुख पाउँछन् । दुःख पाएका तिनै एका दुई मान्छेलाई सडकबाट टिपेर म्वाई खाको जस्तो अभिनय गरेर धन्दा चलाउने, सेलिब्रेटी बन्ने धून र समाज परिवर्तनका लागि चालिने धून कदाचित एउटै हुँदैन । शोषकमाथि प्रहार हुँदा तिमीहरु रुन्छौ, किनकि अब सडकमा दुसखी मान्छे भएनन भने समाजसेवा कसरी गर्ने रु धन्दा चौपट्ट हुन्छ भन्ने तिम्रा दुखेसो हामी बुझ्दछौ । त्यसैले त तिमी बुर्लुक्क उफ्रिएका छौ ।

लिंकनले काला गोराको भेदभाव बिरोधी लडाई लडे । साठी हजार भन्दा बढी मानिस मारिए । अहिंसाका पुजारी गान्धीले बेलायती साम्राज्यवाद बिरोधी लडाई लडे, ४ लाख मान्छे मारिए । तथापी हामी लिंकन-गान्धीलाई हत्यारा भन्ने हिम्मत गर्न सक्दैनौं । महात्मा भनेर सम्बोधन गर्छौं । राज्य एकीकरणका बेला हाम्रै बडामहाराजले कतिको जीवन छिने । के हामीले यसलाई गलत भन्न सकेका छौ?

हरेक कुरा समयको आवश्यकताले हुन्छ । हरेक समयले राम्रोको लागि आव्हान गर्छ । बीचमा बसेर अवरोध सिर्जना गर्नेहरु समाजका दुश्मन हुन । गोयवल्सका संयन्त्रहरु बलिया छन्, तथापी ती त्यत्ति बलिया पनि हैनन, सबैका लागि, सधैंका लागि भ्रम छर्न सक्षम रही रहन सकून । हिटलरको पतनसँगै ग्लानीमा डुबेर हरेक गोयवल्सहरुले एकदिन आत्महत्या गर्नेछन । nonstopkhabr.com  बाट

कमेन्ट गर्नुहोस्