कृषि पेशाबाटै वैदेशिक रोजगारीलाई टक्कर दिने मुनाफा (भिडियोसहित)

उमेश बन्जाडे, दाङ । राज्यले अझैसम्म असली कृषकहरुको पहिचान गर्न नसकेको गुनासो धेरै पहिलेदेखि बाहिर आइरहेको । देशका अन्य क्षेत्रमा जस्तै कृषिमा पनि टाठाबाठाहरुकै हालीमुहाली रहेको कुरा प्रष्ट छ । यदाकदा राज्यले ल्याउने कृषि अनुदान वा कृषिसँग जोडिएका कार्यक्रमहरु पनि चतुर सरदार र ठेकेदारकै मुठ्ठीमा कैद हुनेगरेको कृषकहरु बारम्बार दुखेसो पोखिरहन्छन्।

प्रायः नेपाली युवाहरुले रोजगारीको गन्तव्यका रुपमा यतिबेला विदेशलाई छनोट गर्छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक बाहिरिने हजारौं युवाहरुमध्ये अधिकांशले अरब र खाँडीमा पैताला टेक्छन् भने केही युरोपतिर लाग्छन् । गाउँमा युवाहरूको खडेरी परेको छ । यद्यपि ‘गर्नसके स्वदेशकै माटोमा सुन फलाउन सकिन्छ’ भन्ने मान्यतालाई मनन गर्दै दाङ, देउखुरीका एक युवाले कृषि पेशा बाटै मनग्ये आमदानी गर्दै आइरहेका छन् ।

दाङको लमही नगरपालिका ४ भैंस्कोर्माका युवा कृषक रमाकान्त चौधरी २० वर्षदेखि कृषि पेसामा आवद्ध छन् । उसोत थारु समुदायको बाहुल्यता रहेको त्यो गाउँका रमाकान्त चौधरी मात्रै होइनन् । अन्य स्थानीयले पनि तरकारी लगायतका कृषिजन्य वस्तुको उत्पादन गर्छन् । दिनभर खेतिपातीमा व्यस्त रहने त्यहाँका कृषकहरु उत्पादित तरकारी निर्यातका लागि विहानै आसपासका गाउँ हुँदै बजारसम्म पुग्छन् । रमाकान्त चौधरीको पनि उसैगरी दैनिकी बितिरहेको छ। तुलनात्मक रुपमा रमाकान्त चौधरी अल्लि बढी मात्रामै कृषिमा निर्भर रहेको उनी स्वयं बताउँछन् । विदेशमा जत्तिको पसिना बगाए स्वदेशमै थुप्रै मुनाफा गर्न सकिनेमा उनी विश्वस्त छन् । बाँकी हेर्नुस् तलको भिडियोमा–

कमेन्ट गर्नुहोस्