‘तिम्रै यादमा कैयौं रात अनिँदो भई बिते’

मनको रोजाइ केही गर्दा नि पाउन सकिनँ।
बा-आमाको ठाडो शिर झुकाउन सकिनँ।

कैयौंपटक दु:ख पर्दा सँगसँगै थियौ तिमी,
आज लड्यौ कठै! म‌ैले उठाउन सकिनँ।

भाग्य लेख्ने विधाताले किन पक्षपात गर्‍यो,
त्यो भावीको लेखा रै’छ मेटाउन सकिनँ।

तिम्रै यादमा कैयौं रात अनिँदो भई बिते,
जलेको हो मुटु प्रमाण देखाउन सकिनँ।

अन्तिम पटक मुख हेरेर बिदा हुन्छु भन्थेँ,
माफ गर तिम्रो नजिक आउन सकिनँ।
अदिती अर्याल, गुल्मी

कमेन्ट गर्नुहोस्

error: Content is protected !!