सीजीको ‘नयाँ वर्ष, नयाँ प्रविधि’ नामक नयाँ उपहार योजना अफर

काठमाडौं, चैत १९ । इलेक्ट्रोनिक्स् ब्रान्ड सीजीले यसपालिको नयाँ वर्षलाई लक्षित गर्दै आफ्नो ‘नयाँ वर्ष, नयाँ प्रविधि’ नामक नयाँ उपहार योजना ल्याएको छ । यस उपहार योजना अन्तर्गत अब ग्राहकहरूले सीजी ब्रान्डका विभिन्न इलेक्ट्रोनिक्स् सामानहरूको खरिदमा १० वर्षसम्मको वारेन्टी, २८ प्रतिशतसम्मको आकर्षक बचत (क्यासब्याक) तथा अन्य विभिन्न पक्का उपहारहरू प्राप्त गर्नेछन् ।

योजनाअन्तर्गत ग्राहकहरूले सीजी ब्रान्डका टेलिभिजनहरूको खरिदमा ३ वर्षसम्मको वारेन्टी तथा २८ प्रतिशतसम्मको बचत प्राप्त गर्न सक्ने जनाइएको छ । सीजी ब्रान्डका रेफ्रिजरेटरहरूको खरिदमा ६० महिनाको वारेन्टी र २८ प्रतिशतसम्मको बचत प्राप्त गर्न सक्ने उल्लेख छ ।

सीजी ब्रान्डका विभिन्न वासिङ मेसिनहरूको खरिदमा १० वर्षसम्मको वारेन्टी तथा वाटर प्युरिफायर प्राप्त गर्ने तथा सीजी ब्रान्डका अन्य थुप्रै इलेक्ट्रोनिक्स् प्रोडक्टहरूमा पनि यस्तै आकर्षक पक्का उपहारहरू छ । यो आकर्षक योजना कम्पनीले सोमबारदेखि देशभरमा सीमित अवधिका लागि लागू गरेको छ । कारोबारदैनिकबाट

कमेन्ट गर्नुहोस्