जानुहोस, यी हुन् अदुवाको फाइदा

काठमाडौं, चैत २० । अदुवामा उच्च मात्रामा भिटामिन, म्याग्नेसियम आदिजस्ता खनिज पदार्थ पाइन्छ। अदुवा चिया पिउनु स्वास्थ्यका लागि लाभदायक हुन्छ। यसले पेट दुख्न कम गर्नुका साथै तनाव पनि घटाउँछ।

  • यात्रामा जानुअघि अदुवा चिया खाँदा बान्ता हुनबाट बचाउँछ।
  • शरीरको अनावश्यक तौल कम गर्न अदुवा चियाले सहयोग गर्छ। अदुवाले क्यान्सरसँग लड्ने क्षमता वढाउँछ।
  • रगतमा हुने ग्लुकोजको स्तर व्यवस्थापन गर्छ। पाचन प्रणालीमा सुधार ल्याउँछ।
  • महिनावारीलाई अदुवाले नियमित बनाउँछ। हड्डी र बाथरोगका बिरामीका लागिसमेत अदुवा चिया फाइदाजनक हुन्छ।

कमेन्ट गर्नुहोस्