ट्राफिक व्यवस्थापनका लागि मोबाइल एप्स परीक्षण

काठमाडौं, चैत २० । ललितपुर महानगरले ट्राफिक व्यवस्थापनका लागि मोबाइल एप्सको परीक्षण थालेको छ । मेयर चिरिबाबु महर्जनले पुल्चोकस्थित अल्का अस्पताल चोकमा मंगलबार ट्राफिक प्रहरीलाई एप्स हस्तान्तरण गरी परीक्षण सुरुवात गरे ।

महानगरपालिकालाई स्मार्ट सिटी बनाउने योजनाअनुरूप एप्स परीक्षण सुरु गरिएको महर्जनले बताए । महानगरका १८ स्थानमा ट्राफिक व्यवस्थापनका लागि एप्सको प्रयोग गरिने उनले बताए । ‘एप्स परीक्षणका रूपमा ट्राफिक चापका आधारमा १८ स्थानमा प्रयोग गरिने छ ।’

एप्सका लागि बजेट निर्धारण भइनसकेको महर्जनले बताए । ‘परीक्षणकै क्रममा रहेकाले बजेट र स्थान यकिन भइसकेको छैन,’ उनले भने । पावर टेक नेपाल र भूस्पर्श कन्स्ट्रक्सन प्रालीले एप्स बनाएका हुन् । एप्सले इन्टरनेटविनै काम गर्ने कम्पनीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्