प्राकृतिक विपदमा विभिन्न राजनीतिक व्यक्ति, संघसंस्था तथा उधोगद्वारा राहत सामाग्री वितरण

बारा, चैत २० । बारा र पर्सामा चैत १७ गते करिब ७ बजेर ३५ मिनटको समयमा गएको विनाशकारी हावाहुरी तथा असिनाबाट ठूलो मात्रामा जनधनको क्षति हुन गएमा विभिन्न व्यक्ति, संधसंस्था तथा उद्योगद्वारा राहत सामाग्री वितरण भएको छ ।

बाराको फेटा गाउँपालिका भलुही भरवलिया वडा नं. १ मा नेपाल तरुण दल बाराको अध्यक्ष लोकेश सिंह, नेपाल तरुण दल काठमाडौंका सचिव दिनेश विक्रम साह, नेपाल तरुणदल नेतृ शर्मिलाथापा, प्रेस युनियन बाराका कोषाध्यक्ष अनिल साह, दिपेन्द्र पटेल लगायतका टोलीले ७५ घरपरिवारलाई पुग्ने गरी ७५ वटा कम्बल, ७५ वटा प्लाष्टिकको पानी राख्ने भाडो, चाउँचाउँ, पानी आदि राहत सामाग्री वितरण गरेका थिए ।

त्यस्तै, युवा जागरण संस्था काठमाडौंका चेतन पौडेल, नेपाली काँग्रेसका नेता लालबाबुसिंह, विजय गुप्ता, कृष्णबुडदर सिंह, बारा क्षेत्र नं. १ का नेपाली कांग्रेसका चर्चित नेता उपेन्द्र जयसवाल, सिम्रौनगढ नगरपालिकाका प्रमुख विजयशंकर यादव, नेपाली काँग्रेस बाराको कोषाध्यक्ष चन्द्रशेखरयादव लगायतका टोलीले १५० घरपरिवारलाई आवश्यक पर्ने विभिन्न किसिमका सामग्री, १५० थान त्रिपाल, १५० झुल तथा १५० घरपरिवारलाई पुग्ने खाद्यान्न सामग्रीहरु वितरण गरेका थिए ।

त्यस्तै, शिवशक्ति ग्रुपअन्तर्गत शिवशक्ति केमोप्लाष्टका व्यवस्थापक रतनेश श्रीवास्तव, सुशीलकर्ण, मंजुर आलमलगायतको टोलीले पर्साको चैनपुरमा माझि दलित वर्गका समुदायहरुलाई ५० प्याकेट खाद्यान्न सामग्रीहरु चामल, दाल, तोरीको तेल त्यस्तै बाराको पुरैनियमा १५० पैकेट खाद्यान्न सामग्रीहरु चामल, दाल, तोरीको तेल तथा प्लास्ट नेपाल फाउन्डेसन काठमाडौंले बाराको भलुही भरवलियामा ५० थान त्रिपाल र पुरैनिय गाछीटोलमा १५० थान त्रिपाल लगायत विभिन्न किसिमका राहत सामग्रीहरु समेत वितरण गरेका थिए ।

त्यस्तै, नेपाल ट्रेड युनियन काँग्रेस बाराका अध्यक्ष विश्वमणि शर्मा, उपाध्यक्ष शंकरप्रसाद साहलगायतका टोलीले चाउँचाउँ, पानी, बिस्कुट, चिउरा, मिठा गरी करिब ५५ हजारको राहत सामग्रीबाराको तेलगाई, पुरैनिया, भलुही भरवलिया र खुटवा लगायतका गाउँहरुमा राहत सामग्री वितरण गरेका थिए ।

साथै बाराको खुटवा प्रसौनीमा राहत सामग्री धेरै कम मात्रामा पुगिरहेको ट्रेड युनियन काँग्रेस बाराका उपाध्यक्ष शंकर प्रसाद साहले जानकारी गराए ।

कमेन्ट गर्नुहोस्