समलिङ्गी सम्बन्ध राखेमा मृत्युदण्डको घोषणा

चैत्र २० । दक्षिण एसियाली मुलुक ब्रुनईले समलिङ्गी सम्बन्ध राखेमा मृत्युदण्डको घोषणा गरेको छ ।

यसअघि समलिङ्गी सम्बन्ध भए १० वर्षको जेल सजायसम्म हुन सक्ने कानून थियो । यद्यपि, त्यहाँको सरकारले विज्ञप्ति जारी गर्दै बुधबारबाट लागू हुने गरी ईश्लामिक अतिवादी शरिया कानून पूर्णरुपमा कार्यान्वयन हुने घोषणा गरेको उल्लेख गरेको छ।

त्यस्ता सम्बन्ध राखेको पाईए ढुंगाले हानेर मृत्युदण्ड दिने प्रावधान राखिएको छ । यसका साथै त्यहाँको सरकारले चोरी गर्नेहरुको हातखुट्टा काटिने लगायतका कडा व्यवस्था गर्ने जनाएको छ ।

ब्रुनईको यस्तो निर्णयले अन्तर्राष्ट्रिय समुदायमा तरंग ल्याएको छ । मुस्लिम बाहुल्य मुलुक ब्रुनईमा मृत्युदण्डको कानून रहेपनि सन् १९५७ यता त्यो कार्यान्वयन भने नभएको उल्लेख गरेको छ । बीबीसीबाट

कमेन्ट गर्नुहोस्