मनाङले बंगलादेशको ढाका अबहानीसँग प्रतिस्पर्धा गर्दै

ललितपुर, चैत २० । एएफसी कप फुटबलअन्तर्गत समूह ‘ई’ को पहिलो खेलमा नेपाली लिग च्याम्पियन मनाङ मर्स्याङदी क्लबले बंगलादेशको ढाका अबहानी लिमिटेडसँग प्रतिस्पर्धा गर्दैछ ।

होम एण्ड अवेका आधारमा चल्ने प्रतियोगीताको पहिलो खेल, मनाङले ललितपुरको सातदोबाटोस्थित घरेलु मैदान एन्फा कम्प्लेक्समा खेल्न लागेको हो । २ टोलीबीचको प्रतिस्पर्धा अपरान्ह ३ बजेपछि सुरु हुने छ । दुवै टोली पहिलो खेलबाटै अंक जोड्ने लक्ष्यमा मैदान उत्रने छन् । बंगलादेशको राष्ट्रिय टोलीका ७ खेलाडी सहित काठमाडौं आएको अबहानी घरेलु मैदानमै मनाङविरुद्ध अंक जोड्ने योजनामा छ ।

मनाङ पनि पाहुना टोलीमाथि सहज जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने दाउमा रहेको छ । होम एण्ड अबेका आधारमा चल्ने प्रतियोगिताको विजेताले ईन्टर जोन प्ले अफको सेमिफाइनलमा स्थान बनाउने छन् । मनाङले अवे खेलमा आगामी जुन १९ मा ढाकामा अबहानीसँग दोस्रो लेग खेल्नेछ ।

कमेन्ट गर्नुहोस्