शिक्षक समाज परिवर्तनका संवाहक हुन्ः सभापति शाह

कैलाली, चैत २० । नेपाली कांग्रेस कैलालीका सभापति नरनारायण शाह मनुले शिक्षकहरु समाज परिवर्तनका संवाहक भएको बताएका छन् ।

नेपाल शिक्षक संघ जोशीपुर गाउँपालिका कार्यसमितिको प्रथम प्रतिनिधि सभाको उद्घाटन गर्दै सभापति शाहले प्राप्त राजनितिक उपलब्धिमा पनि शिक्षकको योगदान महत्वपूर्ण रहेको बताए ।

हरेक राजनितिक परिवर्तनमा शिक्षकको अहम् भूमिका रहेको छ सभापती शाहले भने, ‘अहिलेको सरकारले शिक्षक र शिक्षण पेशालाई खेलाचीको रुपमा लिनु दुःखको कुरो हो ।’ सभापति शाहले अन्य संगठन प्रति बिचार राख्ने शिक्षक भन्दा प्राजातान्त्रिक बिचार राख्ने शिक्षकले नेतृत्व गरेको विद्यालयको पठनपाठन पनि उत्कृष्ट बनाउन निर्देशन दिए ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले शिक्षकलाई बर्तमान सरकारले दुःख दिइरहेको बताए । दुई तिहाईको सरकारले शिक्षा क्षेत्रमा सुधार ल्याउनुको सट्टा राजनीति गरिरहेको नगरप्रमुख वडले आरोप लगाए ।

कार्यक्रममा नेपाली कांग्रेस कैलालीका संगठन बिभाग प्रमुख शेरबहादुर देउवा, कैलाली क्षेत्र नं १ का क्षेत्रीय सभापति भुवन अधिकारी, नेपाल शिक्षक संघ कैलालीका अध्यक्ष गणेश ओझा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कमेन्ट गर्नुहोस्