नेता नेपालद्वारा हुरीबतासबाट घाइतेको अवस्थाबारे जानकारी

पर्सा, चैत २० । नेकपाका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बारा पर्साको विभिन्न ठाउँमा आएको विनाशकारी हावाहुरीबाट घाइते भई विभिन्न अस्पतालमा उपचार गराइरहेकासँग भेट गरी उनीहरुको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् ।

नेता नेपालले आज वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल र नेशनल मेडिकल कलेजमा पुगी घाइतेको उपचारको अवस्था बुझ्दै उपचारमा कुनै पनि किसिमको ढिलाइ नगर्न अस्पताल प्रशासनलाई निर्देशन दिए ।

नारायणी उपक्षेत्रीय अस्पतालका मेसु एमामुल हक र नेशनल मेडिकल कलेजका निर्देशक बसुरुदिन अन्सारी दुवैलाई घाइतेको उपचारमा कुनै पनि किसिमको कसर बाँकी नराख्न नेता नेपालले निर्देशन दिएको नेकपाका केन्द्रीय सदस्य नागेन्द्र चौधरीले बताए । नेता नेपालले हावाहुरीबाट प्रभावित क्षेत्रको निरीक्षण गर्ने तथा राहत वितरण गर्ने कार्यक्रम रहेको पनि चौधरीले बताए ।

कमेन्ट गर्नुहोस्