आइपीएलमा सुरेश रैनाले बनाए यस्तो रेकर्ड

काठमाडौं, चैत २१ । इन्डियन प्रिमियर लिग (आइपीएल) चेन्नई सुपर किंग्सबाट खेलिरहेका सुरेश रैनाले एक नयाँ रेकर्ड बनाएका छन् । मुम्बईविरुद्ध ८०० रन पूरा गर्ने पहिलो खेलाडी बन्दै उनले नयाँ रेकर्ड बनाएका हुन् ।

रैनाले बुधबार राति भएको मुम्बईसँगको खेलमा १६ रन बनाएका थिए । उनले नयाँ रेकर्ड बनाए पनि चेन्नई भने ३७ रनले पराजित भयो । मुम्बईले दिएको १७१ रनको लक्ष्य पछ्याएको धोनी नेतृत्वको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन मात्र बनाउन सक्यो ।

कमेन्ट गर्नुहोस्