तोलामा फेरि कतिले घट्यो सुनको मूल्य ?

काठमाडौं, चैत २१ । साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले घटेको छ ।

बुधबार छापावाला सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै बुधबार तेजावी सुन ५९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतितोला ५९ हजार १०० रुपैयाँमै कारोबार भइरहेको छ ।

साथै, बिहीबार पनि बजारमा चाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन ।

बुधबार चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो भने आजपनि फेरि चाँदी ७२५ रुपैयाँमै कारोबार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्