प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीसँगको छलफल

काठमाडौं, चैत २१ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सातवटै प्रदेशका मुख्यमन्त्रीहरुले बिहीबार बिहान भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा प्रधानमन्त्री ओलीले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट तयारीका बिषयमा मुख्यमन्त्रीहरुसँग छलफल गरे । छलफलमा प्रधानमन्त्री ओलीले नीति कार्यक्रम र बजेटका बिषयमा स्थानीय, प्रदेश र केन्द्र सरकारका कार्यक्रम नदोहोरिउन भनेर सचेत रहनुपर्ने बताएका छन् । नीति कार्यक्रम र बजेटका बिषयमा स्थानीय, प्रदेश र केन्द्र सरकारका कार्यक्रम नदोहोरिउन भनेर सचेत रहनुपर्ने बताए ।

‘कार्यक्रमहरू नदोहोरिउन भनेर स्थानीय, प्रदेश र संघीय सरकारको सहभागितामा राष्ट्रिय समन्वय परिषद्को बैठक आयोजना गर्नुपर्दछ । कुनैपनि कार्यक्रम एउटामात्र निकायले सञ्चालन गर्नुपर्दछ’ प्रधानमन्त्री ओलीको भनाइ उदृत गर्दै प्रदेश नं १ का मूख्यमन्त्री शेरधन राईले भने, ‘उनले बजेट र योजनाहरुको डुप्लिकेसन नहोस् भन्नका लागि प्रधानमन्त्रीले राष्ट्रिय समन्वय परिषदको बैठक आगामी वैशाख १२ र १३ गतेलाई बोलाउने भनेका छन् ।’

बैठकमा प्रधानमन्त्री ओलीले अन्तरप्रदेश समन्वय परिषद्को अघिल्लो बैठकले पास गरेका २९ बुँदेको कार्यन्वयन तदारुकताका साथ गरिने बताएका छन् ।

सात प्रदेशका मुख्यमन्त्रीहरुले यसअघि अन्तरप्रदेश समन्वय परिषद बैठकले निर्णय गरेका २९ बुँदे कार्यायोजना कार्यान्वयन नभएको भन्दै प्रधानमन्त्री केपी ओलीसँग असन्तुष्टि जनाएका छन् ।

प्रधानमन्त्रीसँगको छलफलमा मुख्यमन्त्रीहरुले जारी राष्ट्रिय विकास परिषदको बैठक र त्यसमा समेट्नुपर्ने विषयमा समेत प्रधानमन्त्रीसँग छलफल गरेका छन् । आगामी बजेटमा प्रदेशलाई ३३ प्रतिशत बजेट छुट्याउनु पर्ने २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले बताए । रासस

कमेन्ट गर्नुहोस्